विप्लव समूहद्वारा शिक्षकको अपहरणपछि गोली हानी हत्या
काठमाडौं, मंसिर २३ : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले मोरङमा एक शिक्षकको गोली हानी हत्या गरेको छ। मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र...
काठमाडौं, मंसिर २३ : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले मोरङमा एक शिक्षकको गोली हानी हत्या गरेको छ।
मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठलाई उनीहरुले अपहरण गरी मंगलबार बिहान हत्या गरेको हो।
उनलाई पाँच जनाको समूहले घरबाटै जंगलमा लगेर हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको छ।
प्रकाशित मिति: १७:५७ बजे, मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











