Kathmandu Press

धरानमा कोरोना संक्रमणबाट एक युवकको मृत्यु

धरान, मंसिर २३ : कोरोना भाइरसको संक्रमणबाट सप्तरीका युवकको धरानमा मृत्यु भएको छ।गएराति सप्तरीको लक्ष्मीपुर–३ का ४२ वर्षीय युवकको धरानस्थित बीपी कोइराला विज्ञान...
धरानमा कोरोना संक्रमणबाट एक युवकको मृत्यु

धरान, मंसिर २३ : कोरोना भाइरसको संक्रमणबाट सप्तरीका युवकको धरानमा मृत्यु भएको छ।

गएराति सप्तरीको लक्ष्मीपुर–३ का ४२ वर्षीय युवकको धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले बताए।

उनलाई केही दिन अघि कोरोना संक्रमण भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि धरान ल्याइएको थियो। उनी दिर्घरोगी रहेको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: १७:४९ बजे, मंगलबार, मंसिर २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्