Kathmandu Press

विवेकशील र साझा पार्टीको भोलि एकीकरण हुँदै

काठकाडौं, मंसिर २३ : विवकेशील नेपाली दल र साझा पार्टीबीच भोलि एकीकरण हुने भएको छ।दुवै पार्टीबीच मंसिर २४ गते अपरान्ह ३ः३० बजे औपचारिक...
विवेकशील र साझा पार्टीको भोलि एकीकरण हुँदै

काठकाडौं, मंसिर २३ : विवकेशील नेपाली दल र साझा पार्टीबीच भोलि एकीकरण हुने भएको छ।

दुवै पार्टीबीच मंसिर २४ गते अपरान्ह ३ः३० बजे औपचारिक एकता घोषणा गर्न लागिएको छ। साझा पार्टीका संयोजक रविन्द्र मिश्रले ट्वीट गर्दै दुवै पार्टी पुनः एकीकरण हुन लागेको जनाएका छन्।

दुवै पार्टीबीच यस अघि पनि एकीकरण भएको थियो। एकीकरण भएको केही समयपछि फेरि अलग्गिएका थिए।

एकतापछि बन्ने पार्टीको नाम विवेकशील साझा पार्टी रहने भएको छ। यसमा दुवै तर्फका ६५–६५ जना गरी एक सय ३० जना सदस्य रहने सहमति भएको छ।

एकीकृत पार्टीको अध्यक्षमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे संयोजक रहने जनाएको छ।

 

प्रकाशित मिति: १७:४० बजे, मंगलबार, मंसिर २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्