सर्वदलीय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं, मंसिर २३ : सर्वदलीय बैठक बस्नु अघि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक अघि मन्त्रिपरिषद्...
काठमाडौं, मंसिर २३ : सर्वदलीय बैठक बस्नु अघि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक अघि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बालुवाटारमा बैठक सुरु भएको एक मन्त्रीले बताए। आजको बैठकमा केही नीतिगत निर्णय हुने जनाएको छ।
यसपछि बालुवाटारमै सर्वलदीय बैठक बोलाइएको छ। प्रधानमन्त्री ओलीले बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्।
सर्वदलीय बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने जनाएको छ। बैठकमा सबै दलका प्रमुखलाई बोलाइएको छ।
प्रकाशित मिति: १६:४९ बजे, मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











