सरकारी सूचना प्रणालीमा प्रवेश गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौं, मंसिर २३ : सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा ललितपुरको...
काठमाडौं, मंसिर २३ : सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९ का विवेक महर्जन र कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुई जना रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ। दुई जनाको अनुसन्धान बाँकी नै रहेकाले नाम नखुलाइएको ब्यूरोले जनाएको छ।
‘ह्याकर्स हन्ट अपरेसन’ सञ्चालन गरी विशिष्टीकृतरूपमा प्राविधिक विश्लेषण र अनुसन्धानमार्फत उनीहरुलाई पक्राउ गर्न सफल भएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए।
उनीहरुले अनधिकृतरूपमा सरकारी सूचना प्रवाह गरी विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेकाले अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। (रासस)
प्रकाशित मिति: १६:३१ बजे, मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











