Kathmandu Press

अमेरिकामा एकैदिनमा थपिए १ लाख ९८ हजार कोरोना संक्रमित 

काठमाडौ, मंसिर २३ : अमेरिकामा एकैदिनमा थप १ लाख ९८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १ लाख ९८ हजार...
अमेरिकामा एकैदिनमा थपिए १ लाख ९८ हजार कोरोना संक्रमित 

काठमाडौ, मंसिर २३ : अमेरिकामा एकैदिनमा थप १ लाख ९८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ९८ हजार ७९२ जनामा संक्रमण भएसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ५३ लाख ६९ हजार ४६ पुगेको हो ।

Hardik ivf

संक्रमितमध्ये अहिलेसम्म ८९ लाख ८२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ६० लाख ९६ हजार ३५७ जनामध्ये २६ हजार ४५५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ९० हजार नाघेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५०८ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ९० हजार ४४३ पुगेको छ ।

प्रकाशित मिति: १४:२५ बजे, मंगलबार, मंसिर २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्