Kathmandu Press

कम्बोडियामा सवैलाई कोरोनाको खोप निःशुल्क दिइने

काठमाडौं, मंसिर २३ : कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क...
कम्बोडियामा सवैलाई कोरोनाको खोप निःशुल्क दिइने

काठमाडौं, मंसिर २३ : कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने सोमबार जानकारी दिए ।

आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालाहरुसँग परामर्श गर्न पनि निर्देशन दिएका छन् । त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सवै जनतालाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था गर्न पनि निर्देशन दिए ।

Hardik ivf

पहिलो चरणमा उच्च जोखिममा रहेका जनतालाई लगाउनेगरी १० लाख खोप ल्याउने योजना बनाइएको जानकारी उनले दिए । एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले दश लाख खोपले झण्डै पाँच लाख मानिसलाई हुने पनि उनले उल्लेख गरे । दोस्रो चरणमा २० देखि ३० लाख खोप ल्याएर लगाउने योजना सरकारले बनाएको प्रधानमन्त्री हुन सेनको भनाइ छ ।

दक्षिण एसियाली यस मुलुकमा अहिलेसम्म ३४८ जनामा मात्रै कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने ३०६ जना सङ्क्रमणमुक्र भइसकेका छन् । अघिल्लो बर्षको जनवरीदेखि अहिलेसम्म कम्बोडियामा कोरोनाका कारण कसैको मृत्यु भएको पुष्टि भएको छैन । 

प्रकाशित मिति: १३:४७ बजे, मंगलबार, मंसिर २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्