इथियोपियाः आफ्नै देशको सेनासँग लड्दैछ एउटा शहर
काठमाडौं, मंसिर ९ : इथियोपियाको सेनाले टिग्रेको उत्तरी इलाका निवासीलाईआफैं बच्न अनुरोध गरेको छ । किनकी सरकारी सेना राजधानी मकैले तर्फ अघि बढिरहेको छ।...
काठमाडौं, मंसिर ९ : इथियोपियाको सेनाले टिग्रेको उत्तरी इलाका निवासीलाईआफैं बच्न अनुरोध गरेको छ । किनकी सरकारी सेना राजधानी मकैले तर्फ अघि बढिरहेको छ। सेनाका प्रवक्ता कर्णेल डेनेज सेगायले सरकारी टेलिभिजनमा भनेका छन्, सेनाले ट्यांकर बाँकी हतियारका साथमा पुरै शहरलाई घेर्ने तयारी गरिरहेको छ । यहाँ करिब पाँच लाख जनसंख्या छ।
सेनाका प्रवक्ताले त्यहाँका मानिसहरुलाई चेतावनी दिँदै भनेका छन् – जुन्टाबाट आफूलाई जोगाउनुहोस्, कसैलाई पनि दया हुँदैन। यो पर्वतिय इलाकामा नियन्त्रण राखेको टिग्रे पिपल्स लिबरेसन फ्रन्टले (टिपीएलएफ) लडाई जारी राख्ने जनाएको छ।
टिपीएलएफका नेता डेब्रेसन गेब्रेमिकेलले समचार एजेन्सी रोयटर्ससँग भनेका छन्, ‘उनीहरुका सेनाले सरकारी सैनिकलाई अघि बढ्नबाट रोकेको छ। दक्षिणको हिस्सामा उनीहरु एक हप्तायता एक इन्च समेत अघि बढ्न सकेका छैनन्। उनीहरुले एकपछि अर्को सन्देश पठाइरहेका छन्। तर यो सत्य हो कि उनीहरु अघि बढ्न सकेका छैनन्। उता सरकारले भने शहरका केही महत्वपूर्ण हिस्सा सेनाले आफ्नो नियन्त्रणमा लिएको छ।’
यद्यपी टिग्रेबाट प्राप्त सूचनाको पुष्टी गर्न भने मुस्किल छ। अहिले गरिएका दावीको स्वतन्त्र जाँच गर्नेअवस्था छैन । किनकी संघर्षको सुरुवातपछि नै फोन र इन्टरनेट सेवा पूर्ण रुपमा ठप्प छ। संघिय सेना र टिग्रे विद्रोहिका बीचमा पछिल्लो तीन हप्ताबाट भइरहेको संघर्षमा अहिलेसम्म सयौं मानिस मारिएका छन्।हजारौको संख्यामा मनिसहरुले छिमेकी देश सुडानमा शरण लिएका छन्।शुक्रबार दक्षिण अफ्रिकी राष्ट्रपति सिरिलरामा पुसाले अफ्रिकी यूनियनका अध्यक्षसँग कुरा गरेका छन् ।
उनले यो संघर्ष अन्त्यका लागि कुरा गर्न तीन पूर्वराष्ट्रपतिको नाम समेत घोषणा गरेका छन्। तर इथियोपियाले यस प्रस्तावलाई अस्विकार गरेको छ। किनकी उसले सेनाको यो अप्रेसनलाई कानून लागू गर्ने मिसनका रुपमा हेरेको छ।
इथियोपियाका प्रधानमन्त्री आबी अहमदका बरिष्ठ सहयोगी मामेमिहरेतले बीबीसीसँग भनेका छन्, ‘हामी अपराधीसँग सम्झौता गर्न वार्ता गर्दैनौ। हामी उनीहरुलाई अदालतमा लैजान्छौं। न कि सम्झौताको टेबलमा। ’
आखिर किन भइरहेको छ यो लडाई ?
इथियोपियामा ताजा संघर्ष त्यहाँको शक्तिशाली क्षेत्रीय पार्टी टिग्रे पिपल्स लिबरेसन फ्रन्ट र केन्द्र सरकारका बीचमा लामो समयदेखि चल्दै आएको तनावका कारण सुरु भएको हो। जब आबी अहमदले कोरोनाभाइरसका कारण जूनमा हुने राष्ट्रिय चुनावलाई टारिदिए पछि यो तनाब बढेको हो। टिपीएलएफले केन्द्रको यो कदमलाई आबीसँग बहुमत नभएको भन्दै अवैध भनेको छ।

४ नोभेम्बर मा इथियोपियाका प्रधानमन्त्रीले टीपीएलएफ विरुद्ध कारबाही गर्ने घोषणा गरे। केन्द्र सरकारले यस कारबाहीको पछि यो कारण पेश गरेको छ कि टीपीएलएफका लडाकुले सेनाको उत्तरी कमान्डको मुख्यालय मकैलमा हमला गर्यो। तर सरकारको यो दाबीलाई टीपीएलएफले खारेज गरिदिएको छ।टीपीएलएफमा आवद्ध युवाको संख्या अढाई लाख आसपास छ। जसमा अधिकांश अर्धसैनिक युनिटबाट प्रशिक्षित छन्।
आबीका सहयोगी के भन्छन् ?
मामोले भनेका छन् कि, मोन्जाम्बिक, लाइबेरिया र दक्षिण अफ्रिकाका पूर्व नेता आगामी दिनमा इथियोपियामा आउने छन्। तर उनीहरुले चलिरहेको सैन्य अभियानका कारण टिग्रेको भ्रमण गर्न सक्ने छैनन्।
लडाई सुरु भएपछि नै संचार र यातायात सेवा पूर्ण रुपमा ठप्प छ। मामोले भनेका छन् कि, सरकार धेरैभन्दा धेरै यति मात्रै प्रयास गर्न सक्छ कि संयुक्त राष्ट्रसंघका एजेन्सीले टिग्रेका मानिससम्म आफ्नो सहायता पुराउन सक्छन्।
स्थिती कति खराब छ ?
सहायता एजेन्सी संघर्ष भइरहेको इलाकासम्म पुग्न सकेका छैनन्। उनीहरुलाई डर छ कि नोभेम्बरको पहिलो साताबाट सुरु भएको यो लडाईमा अहिलेसम्म हजारौको संख्यामा सर्वसाधरण मारिएका छन्। करिब ३३ हजार शरणार्थी पहिलेदेखि नै सुडानमा गइसकेका छन्। संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीले भनेको छ कि, यो लडाई चलिरह्यो भने आउने ६ महिनामा सुडान जानेको संख्या २ लाख पुग्नेछ।
शुक्रबार टीपीएलएफ माथि अम्हारा क्षेत्रका बाहिरदार शहरमा रकेट हमलाको आरोप लागेको छ। अम्हारा सरकारले भनेको छ कि, यो हमलामा न कोही हताहत भयो न त कुनै नोक्सान नै पुग्यो। अम्हारा र टिग्रेका बीचमा लामो समयदेखि सिमा विवाद भइरहेको छ। अम्हारा सरकारले यो कुरामा चिन्ता जनाएको छ कि यदी यो संघर्ष लामो समयसम्म चल्यो भने ठूलो लडाई हुन सक्छ। किनकी अम्हाराको क्षेत्रीय सेनालाई केन्द्रले सहयोग गर्ने छ।

यो बीचमा संयुक्त राष्ट्रसंघले सुडानमा आइरहेका शरणार्थीका बारेमा चिन्ता व्यक्त गरेको छ। यूएनले सुडानमा पहिलेदेखि नै अन्य अफ्रिकी देशका लाखौं शरणार्थी बसिरहेका छन्र ठूलो संख्यामा नयाँ मानिस आइरहेका छन्, जसले सुडानलाई अस्थिर गर्न सक्नेछ।
सुडानमा आइरहेका शरणार्थीमध्ये ठूलो संख्यामा बालबालिका छन्। सहायता एजेन्सीको भनाई छ कि तत्काल युद्धविराम हुँदा अहिले पनि इथियोपियामा फसिरहेका हजारौं नागरिकलाई उनीहरुले सहयोग गर्न सक्नेछन्।सहायता एजेन्सीहरुले नयाँ प्रवासीका लागि खाने र बस्नका लागि ५० हजार डलरको सहयोगको अपिल गरेका छन्।
टिग्रे बारेका ५ तथ्य
१. यो अक्सुम साम्राज्यको केन्द्र थियो। यसको पहिचान प्राचिन दुनियाको सबैभन्दा ठूलो सभ्यतामध्ये एकका रुपमा छ। यो एक समय रोमनरफारसी साम्राज्यका बीचमा सबैभन्दा शक्तिशाली राज्य थियो।
२. अक्सुम शरहको खन्डहर आज संयुक्त राष्ट्रसंघको विश्व सम्पदा सूचीमा समावेश छ। पहिलो र १३औं शताव्दीका बीचमा बसेको यो शहरमा ओबिलिस्क, महल र चर्च समावेश छन्। जसका बारेमा केही मानिसहरु यहाँ दआर्क अफ कान्भेन्ट भएको बताउँछन्।
३. टिग्रेमा अधिकांश मानिस इथियोपियाई रुढिवादी ईसाई छन्। यहाँ १६ सय सालदेखि ईसाइहरुले बसोबास गर्दै आएका छन्।
४. यहाँको प्रमुख भाषा टिग्रिनिया हो। यो सेमेटिक भाषा हो। जसलाई विश्वभरमा कम्तिमा ७० लाख मानिसले प्रयोग गर्छन्।
५. तिल यहाँको नगदे बाली हो। जो अमेरिका, चीन सहितका अन्य देशमा निर्यात हुने गरेको छ।
बीबीसी हिन्दिबाट











-(86)-1764936079.jpg)
