पढाइमा शहरकै टपरको सुसाइट नोट- मेरो शिक्षा एक बोझ हो
भारत, कात्तिक २७ : उनी सरकारी सेवामा जान चाहन्थिन्। कलेजको पढाइ पूरा गर्न चाहन्थिन्। तर, उनीसँग कोचिङ क्लासका लागि पैसा थिएन। एक वर्षपछि...भारत, कात्तिक २७ : उनी सरकारी सेवामा जान चाहन्थिन्। कलेजको पढाइ पूरा गर्न चाहन्थिन्। तर, उनीसँग कोचिङ क्लासका लागि पैसा थिएन। एक वर्षपछि होस्टलबाट निकालिने चिन्ताले सताइरहेको थियो। अनलाइन क्लासका लागि ल्यापटप खरिद गर्न उनी जुधिरहेकी थिइन्।
उनी थिइन्– ऐश्वर्या रेड्डी। उनको ठूलो पढ्ने इच्छा थियो। तर, उनी आत्महत्या गर्न बाध्य भइन्। कुनै बेला शहरकी टपर उनी आर्थिक समस्यासँगको लडाइ हारिन्। उनका आखिरी शब्द थिए, ‘म घरका लागि आर्थिक बोझ बनेको छु। मेरो शिक्षा एक बोझ हो। म पढाइ बिना जिउँदो रहन सक्दिनँ।’
उनले पढाइका लागि गरेको संघर्ष केही महिनाको होइन, यो लामो संघर्ष हो। हैदराबादबाट ५० किलोमिटर टाढा ऐश्वर्या रेड्डीको घर छ।
बीबीसी टोली ऐश्वर्याको घर पुग्दा मिडियाले घर घेरेका थिए। परिवारलाई सान्त्वना दिन राजनीतिक दलका नेताहरु घर आउने जाने गरिरहेका थिए। ऐश्वर्याका पिता गान्ता श्रीविनास रेड्डी एक मेकानिक हुन्। उनकी आमा सुमति घरमा सिलाइको काम गर्छिन्।
ऐश्वर्या बाल्यकालदेखि नै मेहनती विद्यार्थी थिइन्। उनले १२ कक्षासम्म निःशुल्क शिक्षा पाइन्। उनले १२ कक्षामा ९८ प्रतिशतभन्दा धेरै अंक ल्याएर पूरै शहरलाई टप गरेकी थिइन्।
उनले १२ कक्षामा ल्याएको नम्बर देखेर परिवारका एक परिचितले नयाँ दिल्लीस्थित श्रीराम कलेजमा भर्ना गर्न सुझाव दिए। उनले ऐश्वर्याको भर्नामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। ऐश्वर्या सिभिल सेवामा जान चाहन्थिन्। उनलाई बीएससी ओनर्स म्याथम्याटिक्स कोर्समा लेडी श्रीराम कलेजले भर्ना समेत लियो।
तर, कलेजको यो नियम छ कि कोर्सको पहिलो वर्षपछि होस्टलको सुविधा पाइँदैन। ऐश्वर्यालाई यो नियमबारे जानकारी थियो। उनलाई एक वर्षपछिको चिन्ताले सधैँ सताउँथ्यो। उनी ग्राजुएशनपछि सिभिल सेवाको तयारी गर्न चाहन्थिन्। तर, कोचिङका लागि पैसा जम्मा गर्नु उनका लागि एक चुनौती बनेको थियो।
ऐश्वर्याका आमा–बुवा उनको पढाइ जारी राख्न दिनरात कोशिश गरिरहेका थिए। उनीहरुले छोरीको पढाइका लागि घर जग्गा समेत धितोमा राखेका थिए।
ऐश्वर्याकी आमा सुमति भन्छिन्, ‘मैले उसलाई दिल्ली पठाउन घर जग्गा धितोमा राखेर ८० हजार रुपैयाँको जोरजाम गरेकी थिएँ। ऐश्वर्याको अब हुने खर्चको चिन्ता थियो। मैले उनलाई भनेको थिएँ कि यदि जरुरी प¥यो भने हामी सुन समेत बेच्छौं। उसका लागि ल्यापटप किन्ने प्रयास समेत गर्नेछौँ।’
बुबा–आमाले उनको पढाइ पूरा गर्न घर समेत बेच्न सक्ने बताएका थिए। ‘मेरी छोरी पढ्नमा निकै ट्यालेन्ट थिइन्। उनले सिभिल सेवामा नभएपछि उच्च तहको जागिर पाउँथिन्। तर, उनले घर र सुन बेच्ने कुरा सधैँ अस्वीकार गर्दै आएकी थिइन्। उनी अनलाइन क्लास सुरु भएपछि ल्यापटप मागिरहेकी थिइन्। ७० हजार रुपैयाँको ल्यापटप किन्ने सोच बनाएकी थिइन्। हामीले भरोसा दिलाएका थियौं।’
घरको कमजोर आर्थिक अवस्थाका कारण हामीले अर्की छोरीलाई निजी स्कुलबाट निकालेर सरकारी स्कुलमा भर्ना गर्ने निर्णय गर्नुपरेको थियो। तर, त्यो निर्णय पूरा भने हुन सकेन। स्कुलबाट ट्रान्सफर सर्टिफिकेट लिन सात हजार रुपैयाँको आवश्यकता थियो। तर, त्यति पैसा नहुँदा छोरीलाई स्कुल छुटाउनु परेको थियो।
ग्राजुएसन पढाइसँगै ऐश्वर्याले फ्रेन्च भाषा समेत सिकिरहेकी थिइन्। उनी लकडाउनका कारण घर फर्किएकी थिइन्। घरमा उनी फ्रेन्च भाषा सिक्ने क्रममा राति फ्रेन्स फिल्म समेत हेर्थिन। ऐश्वर्याका परिवारले उनलाई घरको कामबाट टाढै राखेका थिए र पढाइमा ध्यान दिन भनेका थिए। उनी दैनिक फोनमा अनलाइन क्लास, फ्रेन्च क्लास लिन्थिन्। उनी धेरै जसो समय कोठामै रहन्थिन्। उनलाई फोनमा अनलाइन क्लास लिन समस्या हुन्थ्यो। त्यसैले उनी एक ल्यापटप किन्न चाहन्थिन्।
यहीबीचमा उनले एक जना साथीसँग भेटिन्। उनले एजुकेशन लोनबारेमा बताए। सुमति भन्छिन्, ‘साथीसँग भेटर फर्कँदा उनी निकै खुसी थिइन्। साथीकी आमाले उनलाई एजुकेशन लोनबारेमा बताएको र सहयोग गर्ने कुरा समेत भएको सुनाएकी थिइन्।’
ऐश्वर्या आफ्नो परिवारको दुई लाख ऋण समेत तिर्न चाहन्थिन्। जुन उनको पढाइका लागि लिइएको थियो। बाँकी पैसाले उनी आफ्नो पढाइ पूरा गर्न चाहन्थिन्। त्यही समयमा ऐश्वर्या र उनकी आमाबीच कलेजमा भर्ना हुन दिल्ली जाने, त्यहीँ बस्ने र भर्ना शुल्कबारेमा कुरा भयो। उनीहरुबीच बाझाबाझ नै भयो। निकै समयसम्म विवाद भएपछि ऐश्वर्या आफ्नो कोठामा गइन्, ढोका बन्द गरिन्।
सधैं झैँ फिल्म हेरिन्। तर, खाना खान मानिनन्। दोस्रो दिन समेत खाना खान मानिन्। ऐश्वर्याका बुबाले बाहिरबाट खाना मगाउने भने तर उनले अस्वीकार गरिन्। त्यसपछि ऐश्वर्या कोठामा गइन्, उनको कोठाबाट लामो समयसम्म कुनै आवाज आएन। उनकी बहिनी पायदानले जब कोठामा देखिन्, तब ऐश्वर्या कोठाको पंखामा झुण्डिएकी थिइन्। ऐश्वर्याले सुुसाइड नोट समेत लेखेकी छिन्।
यस्तो छ उनको सुसाइड नोट
मेरो मृत्युमा कोही जिम्मेवार छैन। मेरा कारण परिवारले ठूलो खर्चको बोझ उठाउन परिरहेको छ। म परिवारको बोझ बनेको छु। मेरो पढाइ उनीहरुमाथि बोझ बनेको छ। म यसबारेमा लामो समयदेखि सोचिरहेको छु। मलाई लाग्छ कि मेरो मृत्यु नै यी सबै समस्याको एकमात्रै हल हो। मानिसले मेरो मृत्युका धेरै कारण भन्न सक्छन्। तर, मेरो कुनै नराम्रो उद्देश्य होइन। कृपया मलाई माफ गरिदिनुस्, म एक असल छोरी होइन।
-बीबीसी हिन्दीबाट