पाँच श्यैयाको कोभिड अस्पताल सञ्चालन
खलङ्गा, कात्तिक २४ : जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा पाँच श्यैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ। सो अस्पतालमा अहिले आइसोलेसनका लागि...
खलङ्गा, कात्तिक २४ : जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा पाँच श्यैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ। सो अस्पतालमा अहिले आइसोलेसनका लागि श्यैया मात्र राखिएको छ। गाउँपालिका अध्यक्ष न्यौपानेले भने, ‘विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको छ। कोभिड अस्पतालमा आवश्यकपर्ने सबै सुविधा उपलब्ध गराउनको लागि स्थानीय सरकार लागि परेको छ।’ तातोपानी कोभिड अस्पताल जिल्लाका एक नगरपालिका र सात गाउँपालिकामध्ये पहिलो बनेको अस्पताल हो। अब कोभिड अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरसहितको उपकरण थप्ने उनले जानकारी दिए।
केन्द्र सरकारले कोभिड अस्पताल निर्माणको लागि १० लाख पठाएको थियो। गाउँपालिकाका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाई कोरोना सङ्क्रमितको उपचार र रेखदेख कोभिड अस्पतालले गर्ने बताए। सो अस्पातलमा अहिले दुई नर्स र एक जना कार्यालय सहयोगी कार्यरत रहेको स्वास्थ्य शाखाले जनाएको छ।
गत चैतदेखि १२ जनालाई कोरोना सङ्क्रमण देखिएको छ। तीमध्ये पाँच जना निको भएर घर फर्किसकेका छन्। गाउँपालिकाभरी ८०० भन्दा बढीको पिसिआर परीक्षण गरिएको छ। गाउँपालिकामा ५० श्यैयाको आइसोलेसनसमेत स्थापना भएको छ। कोभिड अस्पतालका लागि दुई पटक विज्ञापन गर्दासमेत मेडिकल अधिकृत भेटिएकाका छैनन्। यसका कारण चिकित्सकीय सेवा दिन सकिएको छैन्। यहाँका हरेक गाउँपालिकामा पाँच श्यैयाको कोभिड अस्पताल निर्माण गर्ने परिपत्र र बजेट स्थानीय तहमा आए पनि अन्य स्थानीय तहले अस्पताल निर्माण गर्न सकेका छैनन्।
गाउँपालिकामै कोभिड अस्पताल निर्माण हुँदा निकै सहज हुने स्थानीय बताउँछन्। उनीहरु अब सङ्क्रमितको पनि गाउँमै रेखदेख, नियमन र उपचार हुने भन्दै स्वास्थ्यका हिसाबले निकै राम्रो भएको अनुभूति भइरहेको स्थानीयवासी लकं बुढाले जानकारी दिए।









-(86)-1764936079.jpg)


-1764760320.jpg)