Kathmandu Press

पेन्ट गोदामको आगो ६ घण्टापछि नियन्त्रणमा

वीरगञ्ज, वैशाख १८ : वीरगंज महानगरपालिका–११ श्रीपुर नेसनल ट्रेडिङस्थित पेन्ट उद्योगको गोदाममा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ।

पेन्ट गोदामको आगो ६ घण्टापछि नियन्त्रणमा
काठमाडौं प्रेस

वीरगञ्ज, वैशाख १८ : वीरगंज महानगरपालिका–११ श्रीपुर नेसनल ट्रेडिङस्थित पेन्ट उद्योगको गोदाममा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ।

वीरगन्ज आदर्शनगरका अजय साहको लक्ष्मी दीप पेन्ट तथा केमिकल उद्योगको गोदाममा हिजो साँझ ६ बजे आगलागी भएको थियो। त्यसको ६ घण्टापछि मध्यराति अग्नी नियन्त्रक, प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका हुन।

Hardik ivf

विद्युत सर्किट सट भएर गोदाममा आगलागी भएको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

बाक्लो बस्तीबीच रहेको उद्योगको गोदाममा आगो लागेपछि स्थानीय बासिन्दा आतंकति बनेका थिए। आगो नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई पनि धौधौ परेको थियो।

आगलागीबाट क्षतिको एकीन विवरण आएको छैन्। गोदाममा रहेको सबै पेन्ट जलेको जनाएको छ।

प्रकाशित मिति: १३:५५ बजे, बुधबार, वैशाख १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्