Kathmandu Press

बालबालिकाको प्रश्न- दुध कसरी आउँछ, खरायोले के खान्छ?

छम्पी (ललितपुर), वैशाख १८ : शहरमा हुर्किएका बालबालिकाले प्रायः सोध्ने गर्छन, डोको भनेको के हो? गाईले कसरी दुध दिन्छ? आलु कसरी फल्छ?

यदि तपाई....

बालबालिकाको प्रश्न- दुध कसरी आउँछ, खरायोले के खान्छ?
काठमाडौं प्रेस

छम्पी (ललितपुर), वैशाख १८ : शहरमा हुर्किएका बालबालिकाले प्रायः सोध्ने गर्छन, डोको भनेको के हो? गाईले कसरी दुध दिन्छ? आलु कसरी फल्छ?

यदि तपाईको घरमा पनि बालबालिकाले यस्तै प्रश्न सोधिरहेका छन भने चिन्ता नलिनुस्। बालबालिकाको यस्तै प्रश्नको उत्तर ललितपुरको छम्पीमा ईडु फार्म हाउस संचालन भएको छ। जहाँ शहरमै जन्मे–हुर्केका बालबालिकालाई कृषि र कृषिसँग सम्बन्धित विषयमा जानकारी दिइने गरेको छ, प्रत्यक्ष अवलोकन गराएर।

Hardik ivf

गोदाबारी नगरपालिका–९, छम्पी–भन्ज्याङस्थित ईडु फार्ममा आजभोली काठमाडौं, ललितपुर र भक्तपुरका शहरी क्षेत्रका बालबालिका पुग्ने गरेका छन्। यहाँ पुग्ने सबै बालबालिका खरायो देख्दा चकित पर्ने गरेको फार्मका संचालक दीपक थापाले बताए । ‘दूध कसरी आउँछ? खरायोले के खान्छ? भन्ने किसिमका प्रश्न सोध्नछन,’ थापाले भने, ‘खरायो देख्दा, गाईभैसीको दुध दोएको देख्दा अचम्म मानेर हेर्छैन्।’

शहरी बालबालिकालाई प्रत्यक्ष अवलोकन गराउँदै सिकाउने उद्देश्यले थापाले सोमप्रसाद पनेरुसँग मिलेर डेढ वर्ष अघि फार्म संचालन गरेको हुन्। ‘शहरी बालबालिका किताबमा मात्र पढ्ने  प्रत्यक्ष रुपमा देख्न, घुम्न नपाउने भएकाले फार्म निर्माण गरेका हौं,’ थापाले भने। यो बालबालिकाको सिकाइको थलो भन्ने उनको विश्वास छ।

अहिले पनि यसको काम जारी रहेको छ। यसमा अढाइ करोड खर्च भएको छ। निर्माण पूरा नभएपनि गत माघदेखि फार्म संचालनमा आएको छ। १८ रोपनी क्षेत्रमा रहेको गाई, भेडाबाख्रा, लौकाट, टर्की, बट्टाई, लुइचे, कुखुरा, खरायो, कुखुराको विभिन्न प्रजातिहरू पालिएका छन्।

यहाँ खेतबारी पनि छ। खेतबारीमा लगेर बालबालिकालाई खन्न, रोप्न वा काट्न पनि सिकाइन्छ। बालबालिकालाई किसानको जीवनशैलीबारे जानकारी दिइन्छ। ‘एकै दिनमा सबै कुरा त थाहा हुँदैन, त्यही पनि कृषिको सामान्य ज्ञान भने थाहा पाउँछन्,’ उनले भने।

बालबालिकासँगै अभिभावक पनि आउन सक्ने अर्का संचालक सोमप्रसाद पनेरुले बताए। ‘साथीभाइ मिलेर आउँदा पनि नहुने होइन तर, शहरी विद्यार्थी  र जान्न चाहाने बालबालिका लागि हो,’ पनेरुले भने।

बालबालिका र विद्यार्थीलाई खेतबारीमा काम गर्न लगाउँदा किसानको परिश्रम बुझ्ने उनको भनाइ छ। ‘खेतबारीमा केही समय काम गर्न लगायो भने बल्ल शहरमा तरकारी बिक्री गर्ने आमाहरूसँग बार्गेनिङ गर्दैनन्,’ पनेरुले भने, ‘आधा घण्टा काम गर्दा हातमा ठेला उठेपछि बल्ल किसानको दुःखको मर्म बुझ्छन्। किसानलाई सम्मान गर्न थाल्छन्।’

डाँडामा बस्न, खान, कार्यक्रम गर्न र सुत्न कोठाहरू भएको ‘सुधारिएको गोठ’ बनाइएको छ। प्रवेशद्वारबाट दस मिटर कलात्मक काठका टेवल र बेञ्च राखिएको छ।

डाँडाको पूर्वी भागको तलपट्टी पशुजन्य क्षेत्रका लागि गोठ तथा खोरहरू निर्माण गरिएको छ। धारामा पानी आएको दृश्य लागिका बाँसको टहरा बनाएको छ। 

त्यहाँ खाने व्यवस्था पनि छ। गाउँघरमा पाइने खानाका परिकार यहाँ पाइन्छन्। ‘हाम्रो उदेश्य भनेको नेपालमै उत्पादन भएका अर्ग्यानिक तरकारी, गुन्द्रुक आदिको स्वादबारे पनि परिचित गराउँनु हो,’ उनले भने।

प्रकाशित मिति: १०:२८ बजे, बुधबार, वैशाख १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्