कोरोना भाइरस : वृद्ध मानिसका लागि खोप सहज छैन
वृद्ध मानिसहरुको इम्युनोसेनेसेन्स अर्थात इम्युन सिस्टमसमेत बुढो हुने खतरा रहन्छ। हाम्रो शरिरकै कुनैपनि अंग जस्तै हाम्रो प्रतिरक्षा प्रणालीमासमेत बुढोपनको लक्षण देखिन सक्छ। उमेरसँगै धेरै कोषले आफ्नो काम सही तरिकाले गर्न सक्दैनन्।बीबीसी, कात्तिक २ : यदी हामी एक काल्पनिक दुनिँयाको कुरा गर्छौ भने हामीसँग कोरोना भाइरसको भ्याक्सिन पहिलेदेखि नै उपलब्ध छ। यस्तो अवस्थामा पनि विश्वभरका नेताहरुसँग ठूलो प्रश्न उठाउन सकिन्छ कि यत्रो ठूलो जनसंख्यामा यो भ्याक्सिन कसरी पुर्याउन सकिन्छ?
कोरोना भाइरसको सबैभन्दा धेरै खतरा डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुलाई छ। त्यसैले उनीहरुलाई सबैभन्दा पहिला सुरक्षा दिन आवश्यक छ। तर यो त्यती सहज छैन। वृद्ध मानिसहरुलाई समेत संक्रमणको जोखिम धेरै हुन्छ।
क्यानडाको ग्युलेफ विश्वविद्यालयका भ्याक्सिनोजीका प्रोफेसर श्यान सरिफ भन्छन्, 'हामीसँग वृद्ध मानिसका लागि डिजाइन गरिएको भ्याक्सनिको संख्या निकै कम छ। पछिल्लो सय वर्षमा अधिकांश भ्याक्सिन बच्चालाई ध्यानमा राखेर बनाइएको छ।'
उनका अनुसार दादको भ्याक्सिन मात्रै ७० वर्ष भन्दा माथिका उमेर समूहलाई लक्षित गरेर बनाइएको छ। मेनिन्जाइटिस र पैपिलोमाभाइरस जस्ता केही रोगको भ्याक्सिन जवान मानिसहरुका लागि बनाइएको छ। यी बाहेक अधिकांश भ्याक्सिन बच्चाहरुलाई ध्यानमा राखेर बनाइन्छ।
वृद्ध मानिसको शरिरको प्रतिरक्षा प्रणालीको असर
बच्चासँग जोडिएका रोगबारेमा धेरै जानकारी रहेको तर जवान र वृद्ध मानिसका बारेमा अनुभव निकै कम रहेको सरिफ बताउँछन्। वृद्ध मानिसहरुलाई भ्याक्सिन दिन मुस्किल काम भएको भन्दै सरिफले उनीहरुलाई भ्याक्सिन दिँदा शरिरको रोगसँग लड्ने प्रतिरक्षा प्रणालीलाई समेत बुझ्नुपर्ने बताए।
वृद्ध मानिसहरुको इम्युनोसेनेसेन्स अर्थात इम्युन सिस्टमसमेत बुढो हुने खतरा रहन्छ। हाम्रो शरिरकै कुनैपनि अंग जस्तै हाम्रो प्रतिरक्षा प्रणालीमासमेत बुढोपनको लक्षण देखिन सक्छ। उमेरसँगै धेरै कोषले आफ्नो काम सही तरिकाले गर्न सक्दैनन्।
प्रतिरक्षा प्रणाली निकै जटिल हुन्छ। यसमा धेरै कोषले एकअर्कासँग मिलेर काम गर्ने गर्छन्। यदी यो सिस्टममा काहिँ कतै काम हुँदैन भने यसको असर पुरै सिस्टमसँग लड्ने प्रक्रियामा पर्छ। यदी तपाईलाई किटाणु वा विषाणुले संक्रमित गर्छ भने प्रतिरक्षा प्रणालीको पहिलो लेयरले त्यसमाथि आक्रमण गर्न सुरु गर्छ। स्वासप्रश्वास सम्बन्धी रोगका लागि यो काम फक्सो, स्वासनली वा नाकको सहयोगले गर्न सकिन्छ।
ह्वाइट ब्लड सेल वा म्याक्रोफेजेले विषाणुमाथि आक्रमण गर्छन् र त्यसलाई नष्ट गरिदिन्छन्। जब म्याक्रोफेजेसले नष्ट गरिदिन्छ त्यसपछि त्यसलाई अर्को इम्युनसेललाई दिन्छ। जसलाई टि सेल भनिन्छ। यो प्रतिरक्षा प्रणालीको स्मृतिकोरुपमा काम गर्छ।
टि–सेलले आफै विषाणुलाई देख्न सक्दैन। तर यसले पहिचान गरेर याद राख्ने काम गर्छ। ताकी अर्को पटक सोही विषाणुले आक्रमण गर्यो भने उसले प्रतिरक्षा प्रणालीलाई सचेत गराउन सकोस्। यसले अघिल्लो लेयरलाई सक्रिय बनाउने काम गर्छ र प्रतिरक्षा प्रणालीलाई राम्रो बनाउँछ।
प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ ?
टि–सेल्स धेरै प्रकारका हुन्छन्। किलर टि–सेल वा साइटोटोक्सिनले हाम्रो शरिरमा रहेका कोष माथि आक्रमण गर्छन्। ताकी ती कोषलाई निकाल्न सकियोस, जो विषाणुबाट संक्रमित छन्। यसले ती विषाणु फैलाउने गतिलाई कम गराउँछ। हेल्पर टि–सेलले बी–सेलको सहयोग गर्छ, जुन दोस्रो किसिमको प्रतिरक्षा प्राणली हो।
बी–सेल आफैं विषाणुसँग लड्न सक्छ। तर त्यसले सही तरिकाले काम गर्नका लागि उसलाई टि–सेलको आवश्यकता हुन्छ। बी–सेलले एन्टिबडी पैदा गर्छ। तर सबैभन्दा प्रभावकारी एन्टिबडी पैदा गर्न उसलाई टि–सेलसँगै एक जटिल प्रक्रियासँग जुध्नु पर्छ।
भ्याक्सिन लगाउनुको लक्ष्य किटाणु वा विषाणुको सम्पर्कमा आउनुभन्दा पहिले हाम्रो प्रतिरक्षा प्रणाललाई प्रभावकारी एन्टिबडी उत्पादन गर्नका लागि प्रेरित गर्नु हो। भ्याक्सिनोलोजिस्टका लागि सबैभन्दा ठूलो समस्या वृद्ध उमेरमा उमेर धेरै भएका कारण यी सबै कोषबीचको नाजुक भएको सन्तुलन नै हो।
कस्तो हुन्छ वृद्ध मानिसको प्रतिरक्षा प्रणाली?
इन्सब्रुक विश्वविद्यालयका बिरट्ज बेनबर्गर वृद्ध मानिसको म्याक्रोफेजेसले ठिक तरिकाले काम नगर्ने बताउँछन्। यदी म्याक्रोफेजेसले सही तरिकाले काम गरेन भने यसबाट टि–सेलसमेत ठिक तरिकाले सक्रिय हुँदैन। बी–सेलबाट कोषहरुलाई कम सहयोग मिल्छ र एन्टिबडीको असर प्रतिक्रियामा पर्न सक्छ। 'हामीले यो कुरालाई ध्यनमा राख्नुपर्छ की प्रतिरक्षा प्रणालीको सबै अलग–अलग भागलाई कसरी एकै साथ काम गर्नका लागि तयार गर्नुपर्नेछ,'वेनबर्गर भन्छन्।
सरिफ भन्छन्, 'हामीसँग हाम्रो अनुकूल प्रणालीमा बी–सेल र टि–सेलको एक सिमित संख्या छ। हामीले समयसँगै त्यसमा केही चिज गुमाउँछौं। जसले पछिको जीवनमा समस्या पैदा गर्न सक्छ। जब हामी एक नयाँ किटाणु र विषाणुको सामना गर्छौं तब हाम्रो प्रतिक्रिया जनाउने क्षमता समेत समितित हुन्छ।'
जानकार भन्छन्, इम्युनोसेनेसेन्सले सबै मानिसलाई समानरुपमा प्रभावित गर्दैन। शरिरका अन्य केही अंग झै केही मानिस अन्यको तुलनामा राम्रा हुन्छन्। या त उनीहरु आफ्नो हेरचाह सही तरिकाले गर्न सक्छ वा भाग्याशाली हुन्। उनीहरुको जेनेटिक मेकअप राम्रो हुन्छ।
तर उमेरसँग जोडिएका केही कुरा राम्रासमेत छन्। हाम्रो प्रतिरक्षा प्रणालीमा उमेरसँग केही सुधारसमेत हुन्छ। सरिफ भन्छन्, 'यदी हामी आफ्नो जीवनमा धेरै प्रकारका किटाणु र विषाणुलाई सामना गरिसकेका छौं भने हामीसँग एक इम्युन मेमोरी हुन्छ। हाम्रो रोग प्रतिरक्षा प्रणालीलाई त्यसको पहिचान गर्न सक्छ। यस्तो अवस्थामा नयाँ किटाणुसँग लड्नु हाम्रो शरिरका लागि धेरै मुस्किल हुँदैन।'
तर कोरोना भाइरस एक यस्तो भाइरस हो जसको हामीले कहिलै सामना गरेका छैनौं। त्यसैले हाम्रो शरिरसँग योसँग जोडिका कुनै मेमोरी छैन। वृद्ध मानिससँग थैथोजनको निकै राम्रो इम्युन मेमोरी हुन्छ जसले यसको पहिले नै सामना गरिसकेका छन्। तर नयाँ रोगको जवाफ दिने शक्ति निकै कम हुन्छ। यही कारण अहिले कोरोनाको उपचारका लागि सयौं औषधिमा अध्ययन भइरहेको छ।
अहिले कोरोनाको उपचारमा सबैभन्दा धेरै आशा डेक्सामेथासोन नामको औषधिसँग छ। यो एक किसिमको स्टेरोयड हो। जसले अक्सिजन लिइरहेका मानिसहरुको मृत्युदर कम गर्छ। यसलाई ब्रिटेन र अमेरिकामा प्रयोगको अनुमति दिइएको छ। यसलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचारमा समेत प्रयोग गरिएको थियो।
अहिले अमेरिकामा आपतकालिन प्रयोगका लागि पाँच औषधिलाई स्विकृति दिइएको छ। यसमध्ये कुनै पनि औषधिको अहिलेसम्म क्लिनिकल ट्रायलपछि एफडिएले स्विकृति दिएको छैन। त्यसैले यसको प्रयोग डाक्टरको सल्लाहमा केवल गम्भीर बिरामीमा मात्रै गरिन्छ।