इपिएल : लिभरपुलले आर्सनललाई हरायो
काठमाडौं, असोज १३ : इङलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले सत प्रतिशत खेल खेलेको छ ।सोमबार राति घरेलु एनफिल्डको मैदानमा लिभरपुलले आर्सनललाई...
काठमाडौं, असोज १३ : इङलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले सत प्रतिशत खेल खेलेको छ ।
सोमबार राति घरेलु एनफिल्डको मैदानमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले हराएको हो । अहिलेसम्म खेलेका तीन वटै खेलमा जित निकाल्दै लिभरपुलले सत प्रतिशत खेल खेलेको हो ।
एलेक्जेन्डर लाकाजेट्टीले २५ औं मिनेटमा गोल गर्दै पाहुना टिम आर्सनललाई खेलमा अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि साडियो मानेले खेल बराबरीमा ल्याए ।
रोबर्टसनले ३४ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । खेल सकिन दुई मिनेट अघि यसै सिजन लिभरपुल आएका फरवार्ड डियोगो जोटाले तेस्रो गोल गरे ।
आर्सनलले लिगका सुरुवाती दुई खेलमा जित निकालेको थियो ।
सोमबार रातिको अर्को खेलमा घरेलु मैदानमा फुल्हम एस्टन भिल्लासँग ३–० गोल अन्तरले पराजित भएको हो । फुल्हमका लागि ज्याक ग्रेआलिस, कोनर हुरिहाने र टाइरोने मिङ्सले गोल गरे । खेलमा ९ वटा पहेंलो कार्ड देखाइएको थियो ।











