Kathmandu Press

ब्याडमिन्टन प्रशिक्षण आइतबारदेखि

काठमाडौं, असोज ९ : राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ।नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयपछि प्रशिक्षण पुनः...
ब्याडमिन्टन प्रशिक्षण आइतबारदेखि

काठमाडौं, असोज ९ : राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ।

नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्न लागेको हो। कोरोना भाइरसको महामारीका कारण बन्द गरेको प्रशिक्षण नेपाल ब्याडमिन्टन संघले गत साउनमा पुनः सञ्चालन गरेको थियो। उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै फेरी प्रशिक्षण बन्द गर्नुपरेको थियो। 

संघका उपाध्यक्ष सुवास श्रेष्ठले आइतबार पुनः थाल्ने प्रशिक्षणमा डेढ दर्जनभन्दा बढी खेलाडी सहभागी हुने जानकारी दिए। संघले प्रशिक्षण अघि खेलाडी र प्रशिक्षकको पीसीआर परीक्षण गरेको छ। प्रशिक्षण अवधिमा समेत पिसिआर परीक्षण समय समयमा गरिने उनले बताए। 

सामाजिक दूरी कायम गरी खेलाडीलाई प्रशिक्षण दिने संघको योजना छ। प्रशिक्षण स्थललाई खेलाडी प्रवेश गराउनु अघि निर्मलीकरण गरिने बताइएको छ।

प्रकाशित मिति: ००:४२ बजे, शनिबार, असोज १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्