आइपीएल : पन्जाबले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनले हरायो
काठमाडौं, असोज ९ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा किङ्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनले पराजित गरेको छ। टस हारेपछि ब्याटिङ...
काठमाडौं, असोज ९ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा किङ्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनले पराजित गरेको छ।
टस हारेपछि ब्याटिङ निम्तो पाएको पन्जाबले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राहुलको १ सय ३२ रनमा ३ विकेट गुमाई २ सय ६ रन बनायो। जवाफमा बेंग्लोर १७ ओभरमा १ सय ९ रनमा अलआउट भयो। आईपीएलमा राहुलको यो दोस्रो शतक हो ।
१७ र १८ औं ओभरमा दुवै पटक बेंग्लोरका कप्तान विराट कोहलीले क्याच छाडेको भरपुर फाइदा उठाउँदै राहुलले करुण नैरसँग अन्तिम २८ बलमा ७८ रन जोडेका थिए। त्यसमा नैरको योगदान ८ बलमा दुई चौकासहित अविजित १५ रन थियो। राहुलले १९ औं ओभरमा डेल स्टेयनलाई ३ छक्का र २ चौका गरी २६ रन प्रहार जोडे।
राहुलले ६९ बलमा १४ चौका र ७ छक्का प्रहार गरे। उनले मायंक अग्रवालसँग पहिलो विकेटमा ७ ओभरमा ५७ रन जोडेका थिए। बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे । यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए शिवम डुबे १२ रनमा आउट भए ।
प्रतियोगिता अन्तर्गत आज चेन्नई र दिल्ली भिड्नेछन् ।











