Kathmandu Press

नेपाल, भारत र पाकिस्तानका स्थानीय समूहबीच टि–टेन क्रिकेट हुने

अष्ट्रेलिया, असोज ६ : ओरिजीन ईभेन्टको आयोजनामा अष्टेलियाको राजधानी क्यानवेरामा टि–टेन क्रिकेट प्रतियोगिता हुने भएको छ। आगामी सेप्टेम्वर २६ तारिखदेखि हुने उक्त प्रतियोगितामा भारत,...
नेपाल, भारत र पाकिस्तानका स्थानीय समूहबीच टि–टेन क्रिकेट हुने

अष्ट्रेलिया, असोज ६ : ओरिजीन ईभेन्टको आयोजनामा अष्टेलियाको राजधानी क्यानवेरामा टि–टेन क्रिकेट प्रतियोगिता हुने भएको छ। 

आगामी सेप्टेम्वर २६ तारिखदेखि हुने उक्त प्रतियोगितामा भारत, पाकिस्तान र नेपालका गरी ४ वटा भिन्नभिन्न स्थानीय समूहले सहभागीता जनाउने छन्। प्रतियोगितामा उपाधी भिडन्तको लागि नेपाली क्रिकेट क्ल्व क्यानवेरा, क्यानवेरा सर्भाइभर्स् , बुद्ध नेपाली  क्रिकेट क्ल्व र क्यापीटल वारिवर्सबीच प्रतिस्पर्धा हुनेछ। 

प्रतियोगितालाई ओसियाना एजुकेसन तथा भिजा सर्भिसले मुख्य प्रायोजन गर्ने जानकारी ओरिजीन ईभेन्टका सफल घिमिरेले जानकारी दिए। यस प्रतियोगितामा सहप्रायोजकको भूमिकामा एचिभर्स पिटिई क्यानवेरा, ऐम ईन्सिच्युट अफ हेल्थ साईन्स, जानकी एक्सप्रेस रिमुभल र एसविसए मोर्टेज सोलुसन रहेका छन्।

अयोजकले विजेता समूह र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगदसहित मेडल प्रदान गर्नेछ। साथै यस एकदिने टुर्नामेन्टमा सम्पुर्ण क्यानवेरावासी खेलप्रेमी महानुभावहरुलाई खेल हेर्न च्यापम्यान ओभलमा आउनको लागि अनुरोध गरिएको छ।

प्रकाशित मिति: १८:११ बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्