Kathmandu Press

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्न सरकारको निर्णय कुर्दै एन्फा

काठमाडौं, साउन १ : कोरोना भाइरसका कारण रोकिएको नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण अझै सुरु

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्न सरकारको निर्णय कुर्दै एन्फा

काठमाडौं, साउन १ : कोरोना भाइरसका कारण रोकिएको नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण अझै सुरु हुन सकेको छैन। प्रशिक्षण सुरु गर्न सरकारसँग अनमुति लिनु पर्ने भएकाले राष्ट्रिय टिमको प्रशिक्षण अझै सुरु हुन सकेको छैन। 

कोरोनाका कारण रद्द भएको विश्वकप छनोट र एसिया कप छनोटको तालिका एसियन फुटबल एसोसिएसन (एएफसी)ले सार्वजनिक गरिसकेको छ। तर, नेपाली टिमले भने कहिलेदेखि प्रशिक्षण सुरु गर्ने हो त्यसको टुंगो लागेको छैन।

अखिल नेपाल फुटबल संघ (एन्फा) को असार २ गते बसेको कार्यसमिति बैठकले राष्ट्रिय टिमको प्रशिक्षण साउन पहिलो साताबाट सुरु गर्ने निर्णय गरेको थियो। तर, लकडाउन खुकुलो भएपनि प्रशिक्षण सुरु हुन सकेको छैन।

Hardik ivf

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत प्रशिक्षणका लागि अनुमति दिन पत्राचार गरिए पनि अनुमति पाइनसकेको एन्फा प्रवक्ता किरण राईले बताए।

फुटबल टिमलाई प्रशिक्षण गर्न दिने विषयमा कोभिड–१९ संकट व्यवस्थापन कमिटी (सीसीएमसी)को बैठकमा छलफल भएपनि अझै निर्णय भइनसकेको छैन। 

सरकारबाट अनुमति पाउने वित्तिकै खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाइने प्रवक्ता राईले बताए। उनका अनुसार खेलाडीले अहिले घरमा एक्लै अभ्यास भने गरिरहेका छन्। 

‘सीसीएमसीको बैठकमा खेलाडीलाई प्रशिक्षण गर्न दिने भन्ने विषयमा छलफल भएको छ। अब केही दिनमै स्वीकृति पाउँछौं होला,’ एन्फा प्रवक्ता राईले काठमाडौं प्रेसँग भने, ‘सरकारले अनुमति दिनासाथ प्रशिक्षण थाल्छौं। खेलाडीलाई बोलाएर १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर विधिबाट कोरोना  परीक्षणपछि क्लोज क्याम सुरु गर्ने तयारी छ।’

खेलाडीलाई क्वारेन्टाइनमा राख्न एन्फा कम्प्लेक्सस्थित होस्टल प्रयोग गरिने प्रवक्ता राईले बताए। ‘विश्वकप छनोटका खेलहरू नजिकै आइरहेका छन्। खेलाडीहरूले लामो समयदेखि ट्रेनिङ गर्न पाएका छैनन्। त्यसैले उनीहरुलाई जतिसक्दो चाँडो अभ्यासमा फर्काउन सक्यो, त्यति राम्रो हुन्छ,’ प्रवक्त राईले भने, ‘विश्वकप छनोटमा घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने अपेक्षा छ, त्यसैले प्रशिक्षण सुरु गर्न आत्तिएका हौं।’

कोरोनाका कारण स्थगित भएको विश्वकप र एसियाकप छनोट खेलहरू अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ मा गराउने तालिका एएफसीको छ। सोही अनुसार नेपालले घरेलु मैदानमा तीन खेल खेल्ने छ। नेपालले घरेलु अक्टोबर ८ मा चाइनिज ताइपेई, अक्टोबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्ने छ।

सन् २०२२ को विश्वकप र सन् २०२३ को एसियन कप छनोटमा नेपाल समूह बीमा छ। नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन्। नेपालले छनोटका ५ खेल खेलिसकेको छ, जसमा नेपालले एकमा जित र चार खेलमा पराजित भएको छ।

विश्वकप छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेईलाई उसकै मैदानमा २–० ले हराएको थियो भने कुवेतसँग ७–० ले, अष्ट्रेलियासँग ५–० र जोडर्नसँग ३–० ले पराजित भएको थियो। यस्तै, दशरथ रंगशालाको पुनर्निर्माण नसकिएपछि भुटानमा भएको खेलमा नेपाल कुवतेसँग १–० ले पराजित भएको थियो। 
 

प्रकाशित मिति: १४:०१ बजे, बिहीबार, साउन १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्