नेपोटिजम् : प्रतिभावान कलाकारको सपना चुँड्ने एउटा तरिका
काठमाडौं असार ७ : सुशान्त सिंह राजपुतको मृत्युले बलिउडमा नेपोटिजम् अर्थात् परिवारवादको मुद्दाल
काठमाडौं असार ७ : सुशान्त सिंह राजपुतको मृत्युले बलिउडमा नेपोटिजम् अर्थात् परिवारवादको मुद्दालाई चर्चामा ल्याएको छ, यसबाट जो कोही पनि बच्न चाहन्छन्। अहिले इन्टरनेटमा एउटा भिडियो छाइरहेको छ, जसमा सुशान्तसिंह राजपुत नेपोटिज्मका विषयमा कुरा गरिरहेका छन्। भिडियोमा उनले खुलेर कुरा त गरेका छैनन्, तर पनि उनले नोपोटिज्मका कारण प्रतिभाशाली कलाकारले मौका पाएनन् भने फिल्म इन्डस्ट्री नै ध्वस्त हुुने बताएका छन्।
सुशान्तलाई बलिउडमा मौका मिलेको थियो। र, उनको एउटा सपना पुरा भएको थियो। टिभीको पर्दाबाट निस्केर फिल्मको ठूलो पर्दासम्म पुग्ने धेरैको सपना बीचमै टुट्छन्। टिभीले प्रसिद्धि दिलाउँछ र सँगै पैसा पनि। मानिसहरू त्यसैको खोजीमा रहन्छन्। सिरियल, ट्यालेन्ट हन्ट शोहरु जबसम्म टिआरपीको उच्च स्तरमा रहन्छन्, तबसम्म ती कलाकार ठिकठाकै रहन्छन्। तर, टिआरपीमा उचतारचढाव आउने बित्तिकै उनीहरुको काम अरुको करियर हेरेर चुपचाप इन्स्टा स्टोरी बनाउने न हो।
सुशान्त भाग्यमानी थिए, किनकी उनले सिरियलपछि फिल्म खेले र वाहीवाही पाए । ‘काया पोचे’देखि ‘छिछोरे’सम्मका फिल्ममा उनको अभिनयको तारिफ नगर्ने सायदै कोही थिए।
अभिनयले प्रशस्त चर्चा पाउँदा पाउँदै पनि बलिउडले उनलाई ‘बाहिरिया’को जस्तो व्यवहार ग¥यो। बलिउडको यही व्यवहारका कारणा सुशान्त पछिल्लो समय मानिसकरुपमा दबाबमा थिए। सुशान्तको आत्महत्यापछि वरिष्ठ कलाकार प्रकास राजले ट्वीट गरे– म पनि यस्तै पीडामा बाँचे। त्यो पीडाको घाउ अहिले पनि म भित्र धसिएर रहेको छ। तर, उसले त्यसलाई झेल्न सकेन।
नोपोटिज्मप्रति प्रश्नैप्रश्न
समस्या के हो भने जब कसैले करिअरको सुरुवात गर्छ, उसले नोपोटिज्मका बारेमा प्रश्न उठाउँछ। त्यसपछि उसलाई पाखा लगाइन्छ। यसको उदाहरण कंगना रनौत हुन्, उनी लामो समयदेखि नोपोटिज्मविरुद्ध लडिरहेकी छिन्। त्यसैले उनीसाँग कोही ठूला कलाकार काम गर्न तयार छैनन्। त्यसैले कंगनाका पछिल्ला फिल्ममा अरु कोही स्टार कलाकार छैनन्।
सन् २०१९ मा आएका कंगनाका फिल्म ‘जज मेन्टल है क्या’मा राजकुमार राव र ‘मणिकर्णिका’मा जिसु सेन गुप्ता थिए। यसैवर्ष रिलिज भएको फिलम ‘पंगा’मा कंगनाका साथ जस्सी गिल देखिएका थिए। सन् २०१७ मा करण जौहारको टिभी कार्यक्रम ‘कफी विथ करण’मा उनले बलिउडमा नोपोटिज्म हावी भएको बताएकी थिइन्। सोही कार्यक्रममा कंगनासँगै सैफ अली खान पनि थिए, सैफकी छोरी सारा अली खान पनि त्यतिवेला डेब्यूको तयारी गरिरहेकी थिइन्। कंगनाको इसारा सारा माथि नै थियो। कंगनाले यस बहसमा थुप्रैलाई तानेकी थिइन्।
‘गली बोइ’ स्टार सिद्धान्त चतुर्वेदीले पनि एक कार्यक्रममा आफ्नो संघर्षको कथा सुनाए, उनको साथमा अनन्या पाण्डे पनि थिइन्। उनले भनेकी थिइन्– ‘संघर्ष मैले पनि गरेकी छु।’ अनन्या वरिष्ठ कलाकार चंकी पाण्डेकी छोरी हुन्। अनन्याको यस्तो अभिव्यक्तिको थुप्रै ट्रोलहरु बने। तर, सिद्धान्तले स्पष्टसँग भन्ने, कि स्टारको छोरीको कस्तो संघर्ष ?
कार्यक्रममा सिद्धान्तले नोपोटिज्मको विरोध त गरे, कसैलाई आरोप भने लगाएनन्, किनभने उनलाई फिल्म इन्डस्ट्रीको हिस्सा बन्नु थियो। नोपोटिज्मका बारेमा रणवीर शौरीले खुलेर बोलेका छन्। उनले ‘बलिउडका सबैजसो अवार्ड समारोह पारिवारीक जमघट जस्तो बनिरहेको’ बताएका छन्।
कहाँ छैन नेपोटिज्म ?
तपाईंले जुन क्षेत्रलाई नियाल्नुहुन्छ, त्यहीँ नेपोटिप्म देख्न सक्नु हुन्छ। राजनीति यसको सबैभन्दा ठूलो अड्डा हो। सबै ठूलाका नेताका छोराछोरी पनि राजनीतिमा उत्रिएका उदाहरण धेरै छन्। उनीहरू बुबाको कुर्चीमा बस्न चाहन्छन्, चाहे त्यो सानो होस् या ठूलो। सन् २०१९ मा इन्डिया स्पेडले १९५२ को पहिलो संसद्देखि ४ हजार ८ सय ७ सांसद्को बायोग्राफिकल प्रोफाइल निकाल्यो।
१९९९ मा १३औं लोकसभामा कांग्रेसका ८ प्रतिशत सांसद पूर्वसांसद्का परिवारका सदस्य थिए। यस्तै बिजेपीमा यो दर ६ प्रतिशत थियो। सन् २००९ मा यो दर बढेर कांग्रेसमा ११ प्रतिशत र बिजेपीमा १२ प्रतिशत पुगेको थियो। अहिले यो क्रम निरन्तर बढिरहेको छ र ३० प्रतिशत पुगेको छ। राजनीतिमा नेपोटिज्म बिहार र पञ्जाबमा धेरै छ।
यो भारतमा मात्र होइन, विश्व राजनीतिमै देखिएको छ। अमेरिका, जापान, फिलिपिन्स लगायतका देशमा पनि नेपोटिज्म हावी छ। सन् २०१८ मा हार्वर्ड युनिभर्सिटीका सिद्धान्त जर्ज र डामिनिक पोनातुको एक संयुक्त अध्ययन ‘लाइक फादर लाइक सन– द इफेक्ट अफ पोलिटिकल डाइनेस्टिज अन इकोनोमी डेभलपमेन्ट’ले भनेको छ– कोही व्यक्तिको पिता नेता छन् भने उनी राजनीतिमा आउने सम्भावना ११० गुणा बढी हुन्छ।
मानसिक तनाव नजरअन्दाज गर्ने कुरा होइन
नोपोटिज्मको शिकार यस्ता मानिस हुन्छन्, जसको पारिवारिक प्रभुत्व हुँदैन। खासगरी फिल्म क्षेत्र यस्तो हुन्छ। पारिवारिक प्रभुत्व नभएकाहरु अवसरबाट वञ्चित हुन्छन्, उनीहरुले ठूला फिल्ममा ठूलो भूमिका पाउँदैनन् । सुशान्तलाई छाड्ने हो भने टिभीमा काम गर्ने धेरै कलाकारपछि अरु नै पेशा अँगाल्न बाध्य छन्। अहिले अनलाइन शोको जमाना छ, त्यसैले धेरैको ध्यान ओटिटी प्लेटफर्म तर्फ जान्छ। कतिपय अभिनेत्री विवाह गरेर घर गृहस्थमा लागेका छन्। अर्कोतर्फ चर्चित फिल्म कलाकारहरूको छोराछोरीको फिल्म करिअर सुरु भइसकेको हुन्छ, अभिनय जस्तोसुकै भएपनि।
तिनीहरुको करिअर नेपोटिज्मले राम्रो हुन्छ, तर त्यसले कुनै प्रतिभाशाली कलाकारको भविष्य कुल्चिरहेको हुन्छ। सन् २०१९ मा बैंगलोरको क्रिस्टु जयंती क्याम्पसकी एक छात्राले एउटा पत्रिकामा श्रीदेवीको ‘माम’ र जान्हवी कपुरको ‘धडक’का बीच तुलना गरेकी थिइन्। त्यसको विषयवस्तु र प्रचारप्रसारको तुलना गरिएको थियो। उनले स्टारको छोरी भएको कारण जान्हवीलाई जसरी ध्यान दिइयो, त्यसरी अन्य नयाँ कलाकारलाई ध्यान दिइँदैन।
निर्देशक अभिनव कश्यपले सामाजिक सञ्जालमा लेखेका छन्, अक्सर नयाँ कलाकारलाई बलिउडमा हेपिन्छ। उनीहरुलाई पार्टीमा पनि बोलाइँदैन। र, उनीहरु ‘टक अफ दी टाउन’ हुँदैनन्। यसको परिणाम के हुन्छ भने ठूला प्रोजेक्ट पाउनका लागि उनीहरूले ठूलो संघर्ष गर्नुपर्छ। यस्तै उनीहरु माथि धेरै तरिकाले शोषण गरिन्छ। उनीहरुलाई इग्नोर गरिन्छ, मजाक बनाइन्छ। सुशान्त या उनीजस्तै अरुले केही ठूला कदम उठाउँछन्। यसका लागि पुरै सिस्टममाथि प्रश्न गर्नुपर्छ। मानसिक तनाव नजरअन्दाज गर्ने कुरा होइन, न अहिले न कहिले !
एबिपी न्यूज