वरिष्ठताको १७ औं नम्वरमा रहेकी ओलीकी निजी चिकित्सक शाह आईओएमको डिन नियुक्त
काठमाडौं, असार ३ : त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा डा. दिव्या सिंह शाह नियुक्त भ

काठमाडौं, असार ३ : त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् ।
त्रिवि कार्यकारी परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत रहेकी शाहलाई डिनमा नियुक्त गरेको हो। उनी आईओएमको वरिष्ठतामा १७ औ नम्वरमा थिईन । प्रधानमन्त्रीको निर्देशनपछि सर्च कमिटिले सिफारिस गरेको केही घण्टामा हतार हतार त्रिवि कार्यकारी परिषदले शाहलाई डिन नियुक्त गरेको हो । शाहलाई डिनमा नियुक्त गरेसँगै केही बर्षदेखि वरिष्ठताका आधारमा नियुक्त हुने परम्परा तोडिएको छ । यसअघि डिन नियुक्ती वरिष्ठताका आधारमा हुनुपर्ने माग राख्र्दै वरिष्ठ चिकित्सक गोविन्द केसी पटक पटक अनशन बसेका थिए।
प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठन भएको सर्च कमिटीले शाहसँगै प्रा. डा. प्रदीप वैध र प्रा. डा. उत्तमकृष्ण श्रेष्ठलाई डिनका लागि सिफारिस गरेको थियो ।
आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए ।











-1792413548.jpeg)