थप ५८६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो
काठमाडौं, असार ३ : नेपालमा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौं, असार ३ : नेपालमा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१७७ पुगेको छ।
त्यस्तै, विभिन्न अस्पतालबाट ९ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन्।
प्रकाशित मिति: १६:१८ बजे, बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1792413548.jpeg)