बिजुलीको नयाँ दररेट : घरायसी उपभोक्ताले न्यूनतम ३० रुपैयाँ तिरे पुग्ने
काठमाडौं, असार ३ : बिजुली उपभोक्ताका लागि नयाँ दररेट निर्धारण भएको छ। विद्युत नियमन आयोगले बिजु

काठमाडौं, असार ३ : बिजुली उपभोक्ताका लागि नयाँ दररेट निर्धारण भएको छ। विद्युत नियमन आयोगले बिजुलीको नयाँ दररेट निर्धारण गरेको हो।
औद्योगिक तथा घरायासी प्रायोजनका लागि उपयोग बिजुलीको महशुलमा राहत दिनेगरी आयोगले निर्धारण गरेको नयाँ महशुल दररेट असारदेखि नै लागू हुनेछ। नयाँ महशुल दररेटमा घरायासी प्रयोगका लागि सिंगल फेज, थ्री फेज तल्लो र माथिल्लो भोल्टेजका लागि फरक दररेट निर्धारण गरेको छ।
नयाँ दररेट अनुसार घरयसी उपभोक्ताले न्यूनतम ३० रुपैयाँ मात्रै तिरे पुग्ने भएको छ। सिंगल फेजको तल्लव भोल्टेज(२३० भोल्ट)को बिजुली प्रयोग गर्ने घरायासी उपभोक्ताले महिनामा १० किलोवाट घण्टासम्म बिजुली खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँमात्र तिरेपुग्ने भएको हो। तर यही फेजमा १५ एम्पिएरकमा भने न्यूनतम शुल्क ५० रुपैयाँ र प्रतिकिलोवाट घण्टाको शुल्क ४ रुपैयाँ लाग्ने, ३० एम्पिएर मा ७५ रुपैयाँ र ५ रुपैयाँ प्रतिकिलोवाट शुल्क लाग्ने छ। ६० एम्पिएरमा १२५ रुपैयाँ शुल्क र प्रतितिकिलोवाट घण्टाको ६ रुपैयाँ शुल्क तिर्नुपर्ने छ।
यस्तै सिंगल फेजबाट बिजुली लिनेहरुले ४ सय किलोवाट घण्टा भन्दा बढी खपत गर्दा अधिकतम महिनामा २७५ रुपैयाँ शुल्क र प्रतिकिलोवाट घण्टा १२ रुपैयाँ तिर्नुपर्ने छ।
यस्तो छ नयाँ दररेट












-1780312076.jpg)