प्रधानमन्त्रीका निजी चिकित्सकसहित तीनजना आईओएमको डिनका लागि सिफारिस
काठमाडौं, असार ३ : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनका लागि

काठमाडौं, असार ३ : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक दिव्या सिंहसहित तीन जनाको नाम सिफारिस भएको छ। डा. प्रेम ज्ञवाली नेतृत्वको तीन सदस्यीय सर्च कमिटीले आईओएमको रिक्त डीन पदका मंगलबार त्रिवि कार्यकारी समक्ष तीन जनाको नाम सिफारिस गरेको हो। कमिटीले प्राडा प्रदीप बैद्य, प्राडा सिंह र प्राडा उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको हो।
गत २१ जेठमा आईओएमका तत्कालीन डिन प्राडा जगदिशप्रसाद अग्रवाल उमेर हदका कारण सेवा निवृत्त भएका थिए। त्यसयता डिन पद रिक्त छ। अब त्रिवि कार्यकारी परिषदको बैठकले सिफारिस भएका नाममध्येबाट एक जनालाई डिनमा नियुक्त गर्नेछ। स्रोतका अनुसार प्रधानमन्त्रीकी निजी चिकित्सक सिंहलाई डिन नियुक्त गर्ने तयारी त्रिवीको छ। प्रधानमन्त्री ओलीले त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटालाई सिंहलाई डिन नियुक्त गर्न निर्देशन दिइसकेको स्रोतको दावी छ।
यद्यपी बरिष्ठताको पहिलो नम्बरमा भने वैद्य हुन्।











-1792413548.jpeg)