Kathmandu Press

बाँकेमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ

काठमाडौं, असार ३ : बाँकेमा उपचारका क्रममा ज्यान गुमाएकी ४६ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्

बाँकेमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ

काठमाडौं, असार ३ : बाँकेमा उपचारका क्रममा ज्यान गुमाएकी ४६ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा उपचारका क्रममा बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको सोमबार मृत्यु भएको थियो । उनको मंगलबार आएको कोरोना टेष्ट रिपोर्ट पोजेटिभ आएको हो ।

केही समयदेखि निमोनियाले पीडित महिलाको स्वास्थ्य गम्भीर हुँदै गएपछि गत जेठ ३० अस्पताल भर्ना गरिएको थियो। यो सँगै बाँकेमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

यसअघि जेठ ४ गते नरैनापुर ५ का २५ वर्षीय युवकको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारीक पुष्टि नियमित पत्रकार सम्मेलन मार्फत गर्ने छ ।
 

प्रकाशित मिति: ०९:०० बजे, बुधबार, असार ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्