Kathmandu Press

थप ३८० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो

काठमाडौं, असार २ : नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

सोमबा

थप ३८० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो

काठमाडौं, असार २ : नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

सोमबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ। 

हालसम्म कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशको विभिन्न अस्पतालबाट ११७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। जसमध्ये ८ महिला र १०९ पुरुष रहेका छन्।

योसहित हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ११५८ जना पुगेको छ।

प्रकाशित मिति: १६:२९ बजे, मंगलबार, असार २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्