थप ४२५ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो
काठमाडौं, जेठ ३२ :
नेपालमा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा ३७५ पु

काठमाडौं, जेठ ३२ :
नेपालमा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा ३७५ पुरुष ५० महिला रहेका छन्।
आइतबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको छ। कोशी अस्पताल विराटनगरको प्रयोगशालामा १०, नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ३४, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा नवलपरासीको २ पुरुष, सेती प्रादेशिक अस्पतालमा ६४, भेरी अस्पताल बाँकेमा ७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५६, जनकपुर प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १८, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६९, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा २, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको परीक्षणमा २५ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ६२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
देशभर रहेका कुल संक्रमित मध्ये पुरुष ५३२४ र महिला ४३६ रहेका छन्। त्यस्तै, नयाँ जिल्ला रुकुम पूर्वमा पनि संक्रमण देखिएको छ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५७६० पुगेको छ।
तीमध्ये ९७४ जना निको भएर घर गएका छन्। कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ।
कोरोना संक्रमितको संख्या बढेसँगै पछिल्लो २४ घन्टामा देशभर ६ हजार ८९ जनाको पीसीआर परीक्षण गरिएको छ।
हालसम्म देशका ७३ जिल्लामा संक्रमण फैलिएको छ।











