गुल्मीको आइसोलेसनमा एक कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं, जेठ ३२ : गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा उपचाररत एक क

काठमाडौं, जेठ ३२ : गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि तम्घासमा रहेको आइशोलेसमा राखेर उपचार गराइरहेका ३६ वर्षीय पुरुषको गएराती निधन भएको हो ।
यसअघि २ पटकसम्मको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो भने पछिल्लो पटक जेठ २८ मा पठाईएको पिसिआर परीक्षणको रिपोर्ट आइनसकेको वडा नं ९ का वडा अध्यक्ष नारायण बरालले काठमाडौं प्रेसलाई जानकारी दिए ।
मृतक पुरुष लामो समयदेखि क्यान्सर पीडित रहेकोले उपचारमा रहेको पनि उनले जानकारी दिए ।
प्रकाशित मिति: ०८:३० बजे, आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











