Kathmandu Press

संसदको ऐतिहासिक निर्णय : संविधान संशोधन विधेयक पारित

काठमाडौं, जेठ ३१ : नेपालको संविधानको दोस्रो संशोधन विधेयक पारित भएको छ। शनिबार बसेको प्रतिनिधीसभाको

संसदको ऐतिहासिक निर्णय : संविधान संशोधन विधेयक पारित

काठमाडौं, जेठ ३१ : नेपालको संविधानको दोस्रो संशोधन विधेयक पारित भएको छ। शनिबार बसेको प्रतिनिधीसभाको बैठकले भारतले अतिक्रमण गरेका भूमि समेटिएको नेपालको नयाँ नक्सा संविधानको अनुसूचीमा राख्न सरकारले ल्याएको संशोधन प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो। 

शनिबारको संसदमा उपस्थित भएको संख्या २५८ रहेको थियो। मत विभाजनको परिणाममा प्रस्तावको पक्षमा २५८ मत नै परेको थियो। विपक्ष र मत दिन्न भन्ने पक्षमा शुन्य मत परेको थियो। मत विभाजनको परिणाम सुनाउँदै सभामुख अग्नि सापकोटाले नेपालको संविधानको दोस्रो संविधान संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको घोषणा गरे। 

सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो। सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो।

जेठ २७ गते संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो। प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रियसभामा पेस गरिनेछ। राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ। दुवै सदनबाट पारित भएपछि विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुनेछ।

प्रकाशित मिति: १७:०३ बजे, शनिबार, जेठ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्