Kathmandu Press

राजेन्द्र महतोको प्रश्न : महाकाली सन्धीमा कसले गर्‍यो राष्ट्रघात ?

काठमाडौं, जेठ ३१ : जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले महाकाली सन्धीमा राष्ट्रघात गर्नेहरुक

राजेन्द्र महतोको प्रश्न : महाकाली सन्धीमा कसले गर्‍यो राष्ट्रघात ?

काठमाडौं, जेठ ३१ : जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले महाकाली सन्धीमा राष्ट्रघात गर्नेहरुको खोजी गर्नुपर्ने बताएका छन्। नेपालको संविधानको दोस्रो संशोधनको दफावार छलफलमा बोल्दै उनले देशबेचुवाको खोजी गरिनुपर्ने बताएका हुन्।

‘देशबेचुवाको खोजी हुनपर्यो। ०५८ वर्ष पहिला लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र हाम्रै नक्सामा थियो नी ! महाकाली सन्धी कसरी भयो?, ’ उनले भने, ‘राष्ट्रघातीको पहिचान हुनुपर्छ। यसको पर्दाफास गर्नुपर्छ। मधेसीलाई राष्ट्रवादी नभन्ने, तर आफैं राष्ट्रघात गर्ने। खोजी गरिनुपर्छ। स्वेत जारी गर्नुपर्छ र देशबेचुवालाई टुँडिखेलमा झण्डाउनुपर्छ।’

उनले संविधानसँग असन्तुष्टी रहेपनि देश, राष्ट्रियता र भूमिको सवालमा कुनै सम्झौता हुन नसक्ने बताए। ‘संविधान प्रति हाम्रो पुरै असन्तुष्टी छ। तर, त्यसका बावदुत पनि देशको सवाल, भूमिको सवाल उठेको छ। सबै असन्तुष्टीलाई थाँती राखेर संविधान संशोधनमा जसपाले समर्थन गर्दछ,’ उनले भने।
 
प्रतिनिधीसभामा नेपालको संविधानको दोस्रो संशोधन माथिको दफवार छलफलमा बोल्दै उनले संविधानलाई सर्वमान्य बनाउन आग्रह गरेर ‘यो संविधानका बारेमा हाम्रा रिजर्भसेन छन्। यो संविधान सबैको हुन सकेन। यो पनि हाम्रो संविधान हुनपर्यो। प्रधानमन्त्रीले नक्सा बनाउँदा हामीले राम्रो गर्नुभयो भनेका थियौं। भूमी नक्सा बनाएर मात्रै हुँदैन। संसद्को अनुसूचीमा नयाँ नक्सा राख्ने बेलामा हाम्रा मागसमेत राखेर प्याकेजमा संशोधन ल्याइदिनुस् भनेका थियौं। तर, त्याउनु भएन,’ उनले भने, ‘अहिले हामीले हाम्रा असन्तुष्टी बुझिदिनुहोस्। यसरी देश नचलाउनुहोस्, देश सबैको हो। हाम्रो अनुहार हेर्ने बित्तिकै यो भारतीय नै होला भन्ने बुझाइ आजै हटाइदिनु। मधेसी जनताले सीमाको रक्षा गरेको छ। मधेसीहरु सीमा रक्षाका लागि लडेको छन्।’

प्रकाशित मिति: १४:५२ बजे, शनिबार, जेठ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्