Kathmandu Press

सांसद गिरीको प्रस्ताव सभामुखद्वारा अस्वीकृत

काठमाडौं, जेठ ३१ : संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद गरिता गिरीले राखेको संंशोधन प्रस्

सांसद गिरीको प्रस्ताव सभामुखद्वारा अस्वीकृत

काठमाडौं, जेठ ३१ : संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद गरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुख अग्नि प्रसाद सापकाेटाले अस्वीकृत गरेका छन्।

सभामुखले उनको प्रस्ताव अस्वीकृत गरेपछि उनी संसद बैठकबाट बाहिरिएकी छिन्। 

प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार सांसद गिरीकाे प्रस्ताव आफूले संशोधन अस्वीकृत गरेकाे सभामुखले बताए। नियम ११२ मा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ।

यसअघि समाजवादी पार्टीले नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयकको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको थियो।

ह्वीप जारी गर्नु अघि समाजवादी पार्टीको बैठकबाट पनि उनी यसबारे सोचेर संसदमा जानकारी दिने भन्दै  बाहिरिएकी थिइन्।

प्रकाशित मिति: १३:४७ बजे, शनिबार, जेठ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्