Kathmandu Press

काठमाडौंमा प्रदर्शन, सरकार ! आफ्नो दायित्व पुरा गर (फोटो फिचर)

काठमाडौं, जेठ ३१ : सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको कामप्रति असन्तुष्टि जनाउदै देशभर

काठमाडौंमा प्रदर्शन, सरकार ! आफ्नो दायित्व पुरा गर (फोटो फिचर)
रिवाज राई

काठमाडौं, जेठ ३१ : सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको कामप्रति असन्तुष्टि जनाउदै देशभर प्रदर्शन भएको छ। 

कोरोना रोकथाममा सरकारले गरेको खर्च विवरण पारदर्शी बनाउन, क्वारेन्टिन स्थल मापदण्डन अनुसार बनाउन र पीसीआर परिक्षणपछि मात्रै क्वारेन्टिनबाट बाहिर जान दिने व्यवस्था मिलाउन माग गर्दै देशभर प्रदर्शन भएको हो। 

काठमाडौं माईतीघर क्षेत्रमा हजारै युवाहरुले आज पनि प्रदशर्न गरेका छन् । उनीहरुले विगत एक हप्तादेखि कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै प्रदर्शन गर्दै आएका छन्। 

माइतीघर क्षेत्रको सडक किनारमा भेला भएकाहरुले लिम्पियाधुरासहितको नयाँ नक्साका लागि सरकारलाई धन्यवाद दिँदै कोरोना नियन्त्रणको क्षेत्रमा भएको भनिएको १० अर्बको हिसाब मागेका छन् । साथै कोरोना रोकथामका नाममा भएका भ्रष्टचारको छानविन गर्न पनि उनीहरुले माग गरेका छन्। 

प्रकाशित मिति: १२:०१ बजे, शनिबार, जेठ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्