Kathmandu Press

नयाँ नक्सासहितकाे संविधान संशोधन प्रस्ताव आज पारित हुने, १ बजे संसद बस्दै

काठमाडौं, जेठ ३१ : संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सहितको निशान छाप संशोधन गर्ने संविधान

नयाँ नक्सासहितकाे संविधान संशोधन प्रस्ताव आज पारित हुने, १ बजे संसद बस्दै

काठमाडौं, जेठ ३१ : संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सहितको निशान छाप संशोधन गर्ने संविधान संशोधन प्रस्ताव आज पारित गर्ने भएको छ। 

अपरान्ह १ बजे बस्ने संसदको बैठकमा उक्त संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश कार्यसूची तय भएको छ। 

ससदको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । छलफलपछि कानुनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ । उक्त विधेयकमा सबै राजनीतिक दलहरुले समर्थन पनि जनाएका छन् ।

गत जेठ २७ गते प्रतिनिधि सभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
 

प्रकाशित मिति: १०:३० बजे, शनिबार, जेठ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्