Kathmandu Press

पश्चिमी शहरमा पनि सुरु भयो सरकारविरुद्ध प्रदर्शन

दाङ, जेठ ३० : देशका पश्चिमी शहरहरुमा पनि सरकारविरुद्ध प्रदर्शन सुरु भएको छ। शुक्रबार दाङको लमहीमा यु

पश्चिमी शहरमा पनि सुरु भयो सरकारविरुद्ध प्रदर्शन
विवेक चाैधरी

दाङ, जेठ ३० : देशका पश्चिमी शहरहरुमा पनि सरकारविरुद्ध प्रदर्शन सुरु भएको छ। शुक्रबार दाङको लमहीमा युवा तथा विद्यार्थीले प्रदर्शन गरेका छन्।

बिहीबार काठमाडौंलगायत देशका पूर्वि शहरहरुमा प्रदर्शन भएको थियो। आज बिहानदेखि भने पश्चिमी शहरहरुमा प्रदर्शन गर्न थालिएको हो।

दाङको लमहीमा पूर्वपश्चिम राजमार्गमै विद्यार्थी तथा युवाले प्रदर्शन गरेका छन्। उनीहरुले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको भन्दै प्रदर्शन गरेका हुन्।

राष्ट्रिय झण्डा र प्लेकार्ड बोकेर शान्तिपूर्ण रुपमा सकडमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारी युवा तथा विद्यार्थी तितरवितर भएका छन्।

लमहीमा विद्यार्थी र युवाले गरेकाे प्रदर्शनका केही दृश्य :

प्रकाशित मिति: ११:५० बजे, शुक्रबार, जेठ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्