गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण
काठमाडौं, जेठ ३० : गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं, जेठ ३० : गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकी प्रदेशको पर्वतमा १३ जना, स्याङजामा २२ जना, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) र तनहुँका १/१ जनामा गरी कुल ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।
प्रकाशित मिति: ०६:५७ बजे, शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











