Kathmandu Press

लकडाउनको समयमा प्रदर्शनमा उत्रनेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाडौं, जेठ २९ : कोरोना भइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको समयमा सडकमा प्रदर्शन गर्ने

लकडाउनको समयमा प्रदर्शनमा उत्रनेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाडौं, जेठ २९ : कोरोना भइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको समयमा सडकमा प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयले जनाएको छ। सरकारविरुद्ध देशव्यापी रूपमा प्रदर्शन हुन थालेपछि सडकमा उत्रनेलाई कारवाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको हो। 

मन्त्रालयका सहसचिव केदारनाथ शर्माद्वार जारी बिज्ञप्तीमा लकडाउनको अवहेलना गर्ने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित सिडिओले नगद जरिवाना र थुनामा राख्ने उल्लेख गरिएको छ। 

‘बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रू १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्नेले गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरासमेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ।’

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारलगायत देशभरका विभिन्न ठाउँमा सरकारविरुद्धको प्रदर्शन भएको थियो।

प्रकाशित मिति: १९:०२ बजे, बिहीबार, जेठ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्