Kathmandu Press

केपी ओलीलाई व्यंग्य गरेको ट्वीट किन डिलिट गरे पारस खड्काले ?

काठमाडौं, जेठ २९ : बुधबार प्रधानमन्त्री केपी ओली र सांसद गगन थापाबीच सवाल जवाफ भयो। आगामी आर्थिक वर्

केपी ओलीलाई व्यंग्य गरेको ट्वीट किन डिलिट गरे पारस खड्काले ?

काठमाडौं, जेठ २९ : बुधबार प्रधानमन्त्री केपी ओली र सांसद गगन थापाबीच सवाल जवाफ भयो। आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने रोस्टम पुगेका प्रधानमन्त्रीले कोरोना भाइरसबारे बोल्दै भने, ‘नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ।’

प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रश्न गरे, ‘हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो?’ गगनको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘एक जना माननीय जीले प्रश्न गर्नुभयो, नेपालीहरुको प्रतिरोधी क्षमता राम्रो छ भनेर कसले भन्यो भनेर। भर्खरै सुन्नु भो नि, मैले भनेँ।’

प्रधानमन्त्री ओली र सांसद थापाबीचको सवालजवाफ संसद्मा मात्र सिमित रहेन, सामाजिक सञ्जालमा भाइरल बन्यो। सामाजिक सञ्जाल प्रयोगकर्ताले टिकाटिप्प्णी गरिरहे। कतिपयले प्रधानमन्त्री ओलीको यो भनाइलाई व्यंग्य गर्दै ‘ट्रोल’ समेत बनाउन भ्याए।

Hardik ivf

दिउँसो संसदमा भएको सवाल जवाफकै शैलीमा साँझ ६ः४४ मा क्रिकेटर पारस खड्काले ट्विट गरे–

‘छोरा : के रे अहिले पनि घिरौला खाने रे ! दिनदिनै घिरौला खाने भनेर कसले भन्यो?

आमा : मैले भनेँ, अहिले भर्खरै, मैले....!’

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानले गरेको व्यंग्यले केही क्षणमै चर्चा पायो। एक लाख ७३ हजारभन्दा बढी फलोअर्स भएको पारसको ह्यान्डल २उबचबकठठ मा धेरैले प्रक्रिया जनाए र रिट्विट गरे!

ट्वीटले चर्चा बटुलिरहेकै वेला करिब १ घण्टाबीचमा पारसले अचानक ट्वीट डिलेट गरे। ट्वीट डिलेट भएपछि यो विषय झन् चर्चामा आयो। केहीले पूर्वकप्तान पारस ‘हिट विकेट’ भएर पवेलियन फर्किएको टिप्पणी गरे। कतिपयले भने प्रधानमन्त्रीलाई व्यंग्य गर्दा सत्तासीन दल वा बालुवाटारबाट धम्की आएर डिलिट भएको अनुमान गरे।

प्रायः राजनीतिक विषयमा टिप्पणी गर्न नरुचाउने पारसले बुधबार प्रधानमन्त्रीको शैलीमाथि टिप्पणी गर्नु र करिब एक घण्टाको अवधिमै ट्वीट मेट्नुले धेरैको मनमा प्रश्न उब्जिएको छ– आखिर ट्वीट किन मेटियो? प्रधानमन्त्री निकटका मानिसहरू उनी माथि खनिएका हुन् वा कसैले ट्वीट हटाउन दबाब दियो?

तर, यसको जवाफ उनै पारससँग छ। यस विषयमा काठमाडौं प्रेसले बुझ्न खोज्दा उनी बोल्न चाहेनन्।

यो प्रकरणले के देखाएको छ भने प्रधानमन्त्रीको आलोचना वा भनाईमाथि टिप्पणी गर्न सहज छैन, कारण प्रधानमन्त्री आलोचना सहँदैनन्। बरु, आलोचनाको रिसिइवी साधेर बस्छन्।

प्रकाशित मिति: १५:५२ बजे, बिहीबार, जेठ २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्