एसईई परिक्षा नलिने सरकारको निर्णय, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरिने
काठमाडौं, जेठ २७ : सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय गरेको छ । 
काठमाडौं, जेठ २७ : सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय गरेको छ ।
बुधबार राती सम्पनन मन्त्रिपरिषद बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।
बैठकमा शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिने लगायतका विकल्प पेश गरेको थियो ।
देशभरका विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव नहुने भएकाले एस वर्ष आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरिएको हो।
प्रकाशित मिति: २२:४४ बजे, बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











