Kathmandu Press

राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रविरुद्धको साजिस : प्रधानमन्त्री ओली 

काठमाडौं, जेठ २८ :  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिविरुद्धको प्रचार गणतन्त्र विरुद्धक

राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रविरुद्धको साजिस : प्रधानमन्त्री ओली 

काठमाडौं, जेठ २८ :  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिविरुद्धको प्रचार गणतन्त्र विरुद्धको साजिस भएको बताएका छन्। बुधबार प्रतिनिधीसभामा आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले राष्ट्रपतिविरुद्धको प्रचार गणतन्त्र कमजोर बनाउन गरिएको षड्यन्त्र भएको बताएका हुन्।

‘यो एउटा गणतन्त्रविरुद्धको साजिस हो। गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र गणतन्त्र ठिक होइन भन्ने कुरालाई स्थापित गर्न खोजिएको हो,’ उनले भने, ‘के गर्नुपर्थ्याे त राष्ट्रपतिले ? चुप लागेर बसेको छ। त्यो भन्दा बढी के गर्नु पर्थ्याे ? त्यसैले गणतन्त्र र लोकतन्त्रसँग लक्षित हो। यस्तो कुरामा हामी हौसिन हुँदैन।’

उनले गणतन्त्रको विरोध गर्न मन लाग्यो भने राष्ट्रतिको विरोध गर्ने गरिएको बताए। ‘गणतन्त्रको विरोध गर्न मन लाग्यो भने राष्ट्रपति प्रति खनिने, प्रहार गर्ने गरिएको छ। कार्पेट कसले किन्यो र कहाँ फेरियो भन्ने कुरा राष्ट्रपतिलाई थाहा हुन्छ,’ उनले भने, ‘त्यसकाकारण जे कुरामा पनि राष्ट्रपतिको  विरोध गर्ने यो एउटा दलगतरुपमा पनि उचित होइन। राष्ट्रपतिको संस्थालाई हामीले निस्पक्ष, मर्यादित संस्थाकोरुपमा व्यवहार गर्नुपर्छ।’

प्रकाशित मिति: १३:३५ बजे, बुधबार, जेठ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्