Kathmandu Press

संविधान संशोधनका पक्षमा जसपा पनि, नयाँ नक्सा समेटिएको प्रस्ताव सर्वसम्मत पास हुने

काठमाडौं, जेठ २७ : लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको संविधान संशोधनका पक्षमा संसदमा रहेका सब

संविधान संशोधनका पक्षमा जसपा पनि, नयाँ नक्सा समेटिएको प्रस्ताव सर्वसम्मत पास हुने

काठमाडौं, जेठ २७ : लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको संविधान संशोधनका पक्षमा संसदमा रहेका सबै दलको समर्थन देखिएको छ। 

मंगलबार नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन सम्बन्धी संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने सबै दलका सांसदले उक्त प्रस्तावलाई समर्थन जनाएका छन्। 

सरकारले संसदमा पेश गरेको उक्त संशोधन प्रस्तावको पक्ष र विपक्षमा अहिलेसम्म नखुलेको संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) ले पनि छलफलका क्रममा उक्त प्रस्तावमा समर्थन जनाएको छ। 

कांग्रेस सांसद गगनकुमार थापा, नेकपाका सांसद खगराज अधिकारी, जसपा सांसद लक्ष्मणलाला कर्ण, नेकपाकाकी सांसद विद्या भट्टराई, नेकपाकै कृष्णभक्त पोखरेल, कांग्रेसका बालकृष्ण खाँड,जसपाका राजेन्द्र श्रेष्ठ लगायतले संसोधन प्रस्तावको पक्षमा धारणा राखेका थिए। 

धारणा राख्ने अधिकांश सांसदहरुले कालापानीबाट भारतीय सेना हटाउन पनि संसदबाट संकल्प प्रस्ताव पास गर्न आग्रह गरेका थिए । 

छलफलमा भाग लिदै जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विधेयक ल्याएकोमा सरकारलाई धन्यवाद दिदै भूमि फिर्ताको लागि अग्रसर हुन प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रकाशित मिति: १७:३८ बजे, मंगलबार, जेठ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्