Kathmandu Press

थप ३२३ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ४०८५ पुग्यो

काठमाडौं, जेठ २७ :  नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

थप ३२३ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ४०८५ पुग्यो

काठमाडौं, जेठ २७ :  नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

जसअनुसार,  विराटनगरको कोशी अस्पतालमा गरिएको परीक्षणमा ११, भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा ३०, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पोखरा २४, जनकपुर अस्पतालमा गरिएको परीक्षणमा ४१, दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ६ जना, नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा ९, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ९, सर्खेत अस्पतालमा गरिएको परीक्षणमा १६, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ३७, रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा २२ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४०८५ पुगेको छ।

 

प्रकाशित मिति: १६:२३ बजे, मंगलबार, जेठ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्