Kathmandu Press

सरकारलाई गगनको कटाक्ष : परीक्षण बन्द गरौं, मुलुकलाई कोरोना फ्री घोषणा गरौं 

काठमाडौं, जेठ २७ : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले वर्तमान सरकारले नेपाललाई कोरोनाबाट मुक्त

सरकारलाई गगनको कटाक्ष : परीक्षण बन्द गरौं, मुलुकलाई कोरोना फ्री घोषणा गरौं 

काठमाडौं, जेठ २७ : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले वर्तमान सरकारले नेपाललाई कोरोनाबाट मुक्त गर्न नसक्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकको सुरुमै समय मागेर बोल्दै थापाले सरकारको अक्षमताका कारण जनताले ज्यान गुमाउनु परेको बताए। 

उनले खान नपाएर ज्यान गुमाएका सूर्यबहादुर तामाङलगायतको उदाहरण दिँदै प्रधानमन्त्री केपी शर्मा ओली आफैं सर्वज्ञानी हुँदा संकट गहिरिएको बताए। ‘विदेशमा १२७ जना र नेपालमा १४ जनाको कोरोनाकाे कारण ज्यान गएको भनेको छ। तर, त्यती मात्रै होइन सूर्यबहादुर जस्ता मानिसहरुले खान नपाएर, उपचार नपाएर मर्नु परेको छ,’ उनले भने, ‘हामीले माघ २१ देखि निरन्तर कोरोना नियन्त्रणका बारेमा कुरा उठायौं। तर, सरकारले न हाम्रो सुन्यो, न प्रेस, अदालत र नागरिकको।’

उनले प्रधानमन्त्री सर्वज्ञानी हुँदा र सरकारको अक्षमताका कारण कोरोना थप फैलिएको बताए। ‘यो सरकारले अब कोरोनाबाट मुलुकलाई बाहिर निकाल्न सक्दैन। हामीलाई अब उत्तर चाहिन्छ। १० अर्ब रुपैयाँ खर्च कहाँ भयो ? पाँच वटा पीसीआर मेसिन र २५ हजार किट किनेर उन्मुक्ति पाइँदैन। यो विपत्तीमा भ्रष्टाचारमा लिप्त हुने ?’, उनले भने, ‘प्रधानमन्त्रीले क्वारेन्टाइनमा १ लाख ६६ हजार बसेका छन् भन्नुभएको छ। यो क्वारेन्टाइन हो की मान्छे मार्ने क्याम्प हो ?  विज्ञहरुले पीसीआर टेस्टको दायरा बढाउ भनेका छन्। तर सुदरपश्चिममा स्वाब संकलन रोकिएको छ। क्वारेन्टाइनमा बसेका र मृत्यु भएकाहरुको अब टेष्ट नगर्ने रे। संक्रमितलाई १४ दिनमा घर पठाउने रे। यसो गरौं टेस्ट नै बन्द गरौं र कोरोना फ्रि देश घोषणा गरौं।’

उनले आरडिटीको विश्वसनियता नभएको तर, जबरजस्ती परीक्षण गर्ने अपराधको जिम्मा कसले लिने ? भन्दै जवाफ समेत मागे। उनले विदेशमा रहेका नेपालीलाई ल्याउने विषयमा कुन एयरलाइन्सले ल्याउने भनेर हानथाप भएको भन्दै सरकारको अलोचना गरे। ‘दीर्घ रोगीले उपचार पाएका छैनन्, किन पाएननरु अब हामी केवल प्रश्न उठाउँदैनौं। जवाफ चाहिन्छ। अब सरकारले सोचोस्, प्रश्नको उत्तर तयार गरोस्। सरकारलाई सुतेर बस्न दिँदैनौं।’

प्रकाशित मिति: ११:५३ बजे, मंगलबार, जेठ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्