Kathmandu Press

रुकुम पश्चिमको घटनाबारे छानविन गर्न संसदीय विशेष समिति गठन

काठमाडौं, जेठ २६ : रुकुम पश्चिमको घटनाबारे छानविन गर्न संसदीय विशेष समिति गठन भएको छ। 

 रुकुम पश्चिमको घटनाबारे छानविन गर्न संसदीय विशेष समिति गठन

काठमाडौं, जेठ २६ : रुकुम पश्चिमको घटनाबारे छानविन गर्न संसदीय विशेष समिति गठन भएको छ। 

घटनाबारे छानविन गर्न सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको हो। सभामुख अग्निप्रसाद सापकोटाले पौडेलको संयोजकत्वमा सोती घटनाबारे छानविन गर्न विशेष समिति गठन गरिएको घोषणा गरेका हुन्। 

समितिको सदस्यहरुमा सांसदहरू प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव, इकवाल मियाँ, दुर्गा पौडेल र पावर्ती कुमारी विशुंखे रहेका छन्।

समितिलाई जाजरकोटका ६ जना युवाको ज्यान जाने रूकुममा घटेको घटनाबारे छानविन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न समयावधि दिइएको छ।

अन्तरजातीय बिहेको विषयलाई लिएर घटेको घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको मृत्यु भएको थियो। 

गत जेठ १० गते रुकुमकी ठकुरी थरकी आफ्नी प्रेमिकालाई लिन साथीहरु लिएर गएका नवराजको टोलीमाथि आक्रमण भएको थियो। आक्रमणमा परी ६ जनाको मृत्यु भएको थियो।  उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले रुकुमको चौरजहारीका १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 

प्रकाशित मिति: १८:५३ बजे, सोमबार, जेठ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्