Kathmandu Press

सर्लाहीमा एकैदिन थपिए १२० कोरोना संक्रमित

हरिवन, जेठ २६ : सर्लाहीमा एकैदिन थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सर्लाहीमा एकैदिन थपिए १२० कोरोना संक्रमित

हरिवन, जेठ २६ : सर्लाहीमा एकैदिन थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका थप एक सय २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए। 

उनका अनुसार ब्रम्हपुरी गाउँपालिकाका ४३, विष्णु गाउँपालिकाका ३४, ईश्वरपुर नगरपालिकाका १८, चक्रघट्टा गाउँपालिकाका १५, बलरा नगरपालिकाका ९ र रामनगर गाउँपालिकाका एक जना गरी १२० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमित भारतबाट फर्केर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखिएका व्यक्तिहरु रहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए। योसँगै सर्लाहीमा मात्रै कोरोनाबाट संक्रमित हुनेको संख्या ३६९ पुगेको छ।
 

प्रकाशित मिति: १८:४१ बजे, सोमबार, जेठ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्