पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा एकजना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, जेठ २६ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा एक जना कोरोना संक्रमितको मृत

काठमाडौं, जेठ २६ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ।
मृगौला रोगबाट पीडित उनी भारत उपचारको क्रममा रहेको र उपचार सम्भव नभएपछि नगरपालिकाले नै जेठ २२ गते उद्धार गरेर सुनौलीबाट स्याङजासम्म ल्याइएको वालिङ नगरपालिका नगरप्रमुख दिलिप प्रताप खाणले जानकारी दिए ।
उनले भने, ‘यहाँ ल्याएपछि पनि अवस्था एकदमै नाजुक भएकोले भोलिपल्ट सबै रिर्पोट हेरेर परिवारसँग समेत सम्पर्क गरी भोलिपल्ट जेठ २३ गते नै पोखरा रिफर गरिएको हो। ’
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।












