होम क्वारेन्टाइनमै निधन भएका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, जेठ २४ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
डोल्प

काठमाडौं, जेठ २४ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
डोल्पाको जगदुल्ला गाउँपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको हो। सुर्खेतबाट गएर घरकै सेल्फ क्वारेन्टाइनमा बसेका उनको गत जेठ २० गते मृत्यु भएको थियो।
त्यसपछि स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो। ती पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।
सुर्खेतबाट गत जेठ १६ गते डोल्पास्थित घर गएर घरमै क्वारेन्टाइनमा बसेका उनको जेठ २० गते मृत्यु भएको गाउँपालिका अध्यक्ष नारासिंह रोकायले पुष्टि गरेका छन्।
होम क्वारेन्टाइनमै ज्यान गुमाएका ती पुरुषको अन्तिम संस्कार भने गरिसकिएको बताइएको छ।
हेर्नुस् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विज्ञप्ति :












