कोरोनाको संक्रमणबाट सुर्खेतका २० वर्षीय युवकको मृत्यु
काठमाडौं, जेठ २३ : नेपालमा कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
कोरोनाको संक्रमण

काठमाडौं, जेठ २३ : नेपालमा कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
कोरोनाको संक्रमणबाट सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
गत जेठ ८ गते भारतबाट आएका ती युवक १४ दिन विद्यापुरको जनता माविको क्वारेन्टिनमा बसेर घर फर्किएका थिए। क्वारेन्टाइनमा बसेर घर फर्किएका उनको राति दुई बजे मृत्यु भएको हो।
दुई पटकसम्म गरिएको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) मा कोरोना नेगेटिभ आएपछि जेठ २१ गते घर गएका थिए। बिहीबार नै उनको स्वाब संकलन गरेर सुर्खेतकै पशुपन्छी रोग अन्वेषण प्रयोगशाखामा गरिएको परीक्षणमा कोरोनाको संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।











