कपिलवस्तुमा थप ४४ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, जेठ २३ : कपिलवस्तुमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
<
काठमाडौं, जेठ २३ : कपिलवस्तुमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
संक्रमितमध्ये यशोधरा गाउँपालिका–७ का २९ जना र महाराजगञ्ज नगरपालिकाका १५ जनामा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड–१९ फोकल पर्सन कुमार थापाले जानकारी दिए।
उनका अनुसार संक्रमितमध्ये यशोधरा–७ का ८ महिने बालक पनि रहेका छन्।
प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











