Kathmandu Press

रुकुम घटनाको छानबिन गर्न संसदीय समिति गठन गरिने

काठमाडौं, जेठ २३ : रुकुम पश्चिम घटनाको छानबिन गर्न संसदीय विशेष समिति

गठन गरिने भएको

रुकुम घटनाको छानबिन गर्न संसदीय समिति गठन गरिने
फाइल फोटो

काठमाडौं, जेठ २३ : रुकुम पश्चिम घटनाको छानबिन गर्न संसदीय विशेष समिति

गठन गरिने भएको छ। शुक्रबारको प्रतिनिधीसभा बैठकमा सभामुख अग्नि सापकोटाले घटनाको छानबिनका लागि संसदीय छानविन समिति गठन गरिने बताएका हुन्।  सभामुख सापकोटाले रुकुम पश्चिम घटनाकाबारेमा यसअघि पनि निरन्तर कुरा उठेकाले दलहरुसँग छलफल पश्चात विशेष समिति गठन गर्ने बताए।

जेठ १० गते रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको नरसंहारको चौतर्फी विरोध भइरहेको छ। संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पटक–पटक संसदीय छानविन समिति गठनको माग गर्दै आएको थियो।

प्रकाशित मिति: ११:५५ बजे, शुक्रबार, जेठ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्