Kathmandu Press

सुर्खेतका २० वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु 

काठमाडौं, जेठ २३ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

जेठ ९ गते

सुर्खेतका २० वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु 

काठमाडौं, जेठ २३ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

जेठ ९ गते भारतबाट आएका पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय युवालाई स्थानीय तहले जनता मा.वि. विद्यापुरको क्वारेन्टीनमा राखेको थियो । जेठ २१ आरडिटी परीक्षणमा उनको रिर्पोट नेगेटिभ देखिएपछि घर पठाईएको पञ्चपुरी नगरपालिका–१ का वडा अध्यक्ष धनबहादुर थापाले काठमाडौं प्रेसलाई बताए ।

उनले भने, ‘आरडिटी परीक्षण नेगेटिभ देखिएपछि घर पठाएका थियौं, घरमा पनि होम क्वारेन्टाइनमै राखिएको थियो तर बुधबार राती मृत्यु भएछ  ।’ बुधबार राति मृत्यु भएपछि उनको स्वाब संकलन गरी प्रदेश अस्पताल, वीरेन्द्रनगरमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको वडा अध्यक्ष थापाले जानकारी दिए ।

अहिले उनले शव व्यवस्थापनका लागि नेपाली सैनिकको एक टोलीले सुरक्षा उपाय अपनाएर दाहसंस्कार गरिने उनले बताए । यस्तै उनीसँगै रहेका अन्य ५ जनाको पनि स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि पठाईएको थापाले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । यद्यपी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गर्न भने बाँकी छ । 

प्रकाशित मिति: ०८:२३ बजे, शुक्रबार, जेठ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्