Kathmandu Press

कोरोनाको संक्रमणबाट पाल्पाका ४५ वर्षीय पुरुषको मृत्यु

काठमाडौं, जेठ २२ :  नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

<
कोरोनाको संक्रमणबाट पाल्पाका ४५ वर्षीय पुरुषको मृत्यु

काठमाडौं, जेठ २२ :  नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

पूर्वखोला–२ जल्पामा रहेको क्वारेन्टाइनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा गत जेठ २० गते मृत्यु भएका ती पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

प्रकाशित मिति: १६:४० बजे, बिहीबार, जेठ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्